झापाको बिर्तामोडमा अवस्थित देवकुल अंग्रेजी माध्यमिक विद्यालयको २९ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धरणीरज मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए ।
उक्त अवसरमा विद्यार्थीहरुले नृत्य, कराँते तथा गायन प्रस्तुत गरेर उपस्थित सम्पूर्णलाई मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा प्रमुख भण्डारी, प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्की, बिर्तामोड नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल दिपाङ्कर मैनलीले स्वागत गरेको कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष एचके पाठक, हिसान झापाका सचिव देवेन्द्र हुमागाईं, बिर्तामोड नगर प्याब्सनका कोषाध्यक्ष प्रमिला बजगाईं, सहकोषाध्यक्ष दिपक चम्लागाईं, सहसचिव पुन्य उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।
बालमैत्री विद्यालयका रुपमा बिर्तामोड नगरपालिका वडा नं.२ मा सञ्चालनमा रहेको देवकुल अभिभावकको रोजाइको केन्द्र बन्दै गएको छ ।







