झापाको अर्जुनधारा नगरपालिका-५ लक्ष्मीपुरमा अवस्थित ब्राइटर अंग्रेजी स्कुलले रजत जयन्ती विविध कार्यक्रम गरी मनाएको छ ।
स्कुल परिसरमा मंगलबार २५ औं वार्षिकोत्सव अन्तरगत रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर खवासको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगर उप-प्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्य रहेको थियो ।
रजत जयन्तीको अवसरमा विद्यार्थी र शिक्षकहरुले गायन, नृत्य, भाषण, कविता वाचन, नाटक, मार्सल आर्टलगायतका कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रमकाबीच अर्जुनधारा-५ का निवर्तमान वडाध्यक्ष ध्यानबहादुर भारती, सामाजिक व्यक्तित्व, पूर्व विद्यार्थी, शिक्षक लगायतलाई सम्मान समेत गरिएको थियो ।
स्वागत तथा विद्यालयको गतिविधिका विषयमा स्कुलका प्रिन्सिपल भास्कर भट्टराईले प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिक्षक इशा थापाले गरेकी थिइन् ।







