• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रथम गुरुभक्त न्यौपाने स्मृति नकआउट फुटबल प्रतियोगिता सुरु


  •    संवाददाता/ सोमबार, फागुन ०४, २०८२  

  • शिक्षासेवी स्वर्गीय गुरुभक्त न्यौपानेको स्मृतिमा गुरुभक्त न्यौपाने स्मृति अन्तर विद्यालय आमन्त्रण फुटबल प्रतियोगिता सुरु भएको छ ।

    कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुल बिर्तामोड-४ को आयोजनामा प्रथम गुरुभक्त न्यौपाने स्मृति अन्तर विद्यालय आमन्त्रण फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको हो ।

    Advertisement

    बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईंले प्रतियोगिताको उद्घाटन गरिन् । प्रतियोगितामा एमिटी, देवकुल, शुक्रराज, विराटज्योति, न्यूटन्स, कोहेड, टावर टेम्पल, देवी मावि, एभरेस्ट, प्रशान्ति, कञ्चनजङ्गा, कञ्चन, सरस्वती एन्जल्स ,फनमिन, सिद्धार्थ, गोमेन्द्र, सरस्वती मावि, निदि, कन्काई र सेन्ट जेभियर्स गरी संस्थागत र सामुदायिकका २० वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुनेछ ।

    Advertisement

    हिजो भएको उद्घाटन खेलमा आयोजक कञ्चनजङ्गा स्कुल विजयी भएको छ । कंचन स्कुललाई टाइब्रेकरमा ५-४ को गोल अन्तरले पराजित गरी कञ्चनजङ्गा विजयी बनेको हो ।

    खेलमा विजेता टीमका कृष्ण अधिकारी म्यान अफ द म्याच बने । आज चारवटा खेल हुने छन् । पहिलो खेल देवी मावि र एभरेस्ट, दोस्रो खेल फनमिन र सिद्धार्थ, तेस्रो खेल कोहेड र टावर टेम्पलबीच तथा चौथो खेल एमिटी र देवकुल स्कुलबीच हुने खेल संयोजक दीपक सिटौलाले जानकारी दिएका छन् ।

    विजेता विद्यालयले आकर्षक ट्रफीसहित नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने विद्यालयले नगद ६ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    त्यस्तै तेस्रो हुने विद्यालयले नगद ४ हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने संयोजक सिटौलाले जानकारी दिए ।

    कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलका अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    विद्यालयका सहायक प्राचार्य अनन्तकुमार राजवंशीले स्वागत, शिक्षासेवी गुरुभक्त न्यौपानेको योगदान र प्रतियोगिताको औचित्यका बारेमा संस्थापक प्राचार्य डा.केशवराज न्यौपानेले प्रकाश पारेको कार्यक्रमको सञ्चालन प्रभात मिश्रले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.