• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शनिश्चरे माविको वार्षिकोत्सव: दातादेखि विद्यार्थीसम्म सम्मानित


  •    संवाददाता/ शुक्रबार, फागुन ०१, २०८२  

  • झापाको अर्जुनधारा नगरपालिका-८ मा अवस्थित शनिश्चरे माध्यमिक विद्यालयको ७८औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद ओलीको अध्यक्षतामा बिहीबार आयोजित वार्षिकोत्सवको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

    Advertisement

    वार्षिकोत्सवको अवसरमा विद्यालय प्राङ्गणमा संस्थापक प्रधानाध्यापक शिवप्रसाद दाहालको अर्धकदको शालिक निर्माण गर्ने एसएलसी ब्याच-२०४७, विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने एसएलसी ब्याच-२०६९, शैक्षिक अध्ययन अवलोकन भ्रमणमा सहयोग गर्ने दातृ संस्था जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह, शान्ति सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न दाताहरुलाई सम्मान गरिएको थियो ।

    Advertisement

    त्यसैगरी विद्यालयमा अक्षयकोष दाताहरुबाट स्थापना गरिएका विभिन्न पुरस्कारमार्फत जम्मा २४ जना विद्यार्थी पुरस्कृत भएका थिए । हरिविलास वन स्मृति पुरस्कार, लोकनाथ-हेमकला वृत्ति पुरस्कार, रुद्र तोरण स्मृति पुरस्कार, खगेन्द्र-विभा वृत्ति पुरस्कार, विष्णु-सेमन्ता श्रेष्ठ स्मृति पुरस्कार, दुबसु विद्या पुरस्कार-२०८१, २०४७ ब्याच समूहद्वारा स्थापित मोहन जोशी स्मृति पुरस्कार तथा कक्षा-१२ का नगर उत्कृष्ट र विद्यालय उत्कृष्ट पुरस्कार वितरण गरिएको थियो ।

    कार्यक्रममा हालै सम्पन्न नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई क्रमश: दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो । शनिश्चरे मावि लगातार तीन पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नगर च्याम्पियन बन्न सफल भएको विद्यालय हो ।

    यस वर्षको उत्कृष्ट शिक्षक पुरस्कारबाट शिक्षक चम्पा प्याकुरेललाई सम्मानपत्र, नगद पुरस्कार, मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमले विद्यालयको भावी रणनीतिसहित शैक्षिक तथा व्यवस्थापकीय पक्ष समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले पीटी प्रदर्शन, राष्ट्रिय सेवा दल शनिश्चरे माध्यमिक विद्यालयको एरोबिक्स प्रदर्शन, गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डिल्ली राम दाहाल लगायतले मन्तव्य राखेको कार्यक्रममा अर्जुनधारा-९ का वडाध्यक्ष भीष्म मिश्र, अर्जुनधारा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, नगर सभा सदस्यद्वय सरु बुढाथोकी र हरिबहादुर कटुवाल, अक्षयकोष दाताहरु किरण वन, खगेन्द्र ढकाल, पुष्प ओझा, लवकुश गिरी, लोकनाथ पौडेल, चित्रकला पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

    विद्यालयका सहायक प्रधानाध्यापक रुद्र खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कपिलदेव तिम्सिनाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.