• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पठन संस्कृति अभियानले किताब खोई अभियान सञ्चालन गर्ने


  •    संवाददाता/ शनिबार, माघ २५, २०८२  

  • पठन संस्कृति अभियानले आगामी निर्वाचन लक्षित ५ बुँदे किताब खोई अभियान सञ्चालन गर्ने भएको छ ।

    फागन २१ मा सम्पन्न हुने निर्वाचनमा उमेद्वारहरुले प्रकट गर्ने वचनबद्धता तथा घोषणापत्रमा किताब सम्बन्धी एजेण्डा राख्न दबाब दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको अभियानका संयोजक तीर्थ सिग्देलले जानकारी दिए ।

    Advertisement

    पठन संस्कृतिको विकास गर्नको लागि पढौँ अघि बढौँ भन्ने मुख्य उद्देश्य लिएर झापाका १०० भन्दा बढी संस्थाको सामुहिक अभियान अन्तर्गत पठन संस्कृति वर्ष २०२६ मनाउँदै गरेको छ । हरेक मानिसको व्यक्तित्व विकास गर्नको लागि पढ्न जरुरी छ । पुस्तक पढेर कुनै न कुनै नयाँ अनुभव हासिल गर्न सकिन्छ भन्ने कुरामा अभिप्रेरित गर्ने हेतुले अभियानको प्रारम्भ गरिएको हो ।

    Advertisement

    आगामी फागुन २१ मा सम्पन्न हुने आम निर्वाचनमा उमेद्वारहरुले उठाएका स्थानीय तथा राष्ट्रिय मुद्दाले जनमानसमा जागरुकता पैदा गराउँदै लगेको मात्र छैन, जनतामाझ आशाको सञ्चार पनि गराएको छ । तसर्थ दल तथा स्वतन्त्र विचारले आफ्नो क्षेत्र र भूगोलको पहिचान अनि इतिहासप्रति के कति गौरव गर्न लायक विषयहरुको उठान गरिरहको छ भन्ने सवाल अहिले ज्वलन्त बनेर उदाएको छ ।

    यसै सन्दर्भमा सञ्चालन गरिएको यो अभियानले आफ्नो भूगोलको इतिहासप्रति गौरव गर्ने अनि यो माटोको मायाले देखाउने सद्भावले पनि जनमत बटुल्न र मतदाताको भावना जित्न मद्दत गर्नका साथै झापा जिल्लाको गौरव, गाथा अनि यस जिल्लाको राष्ट्रिय महत्व र ख्याति बढाउन सहयोग पुग्ने संयोजक सिग्देललको धारणा छ ।

    त्यस्तै उमेद्वार बनेर आफ्नो क्षेत्रका मतदाताको घरदैलोमा पुग्दा व्यक्त गर्ने विचार र प्रतिवद्दतालाई बौद्धिक वर्गले पनि नियालिरेहको हँदा यस अभियान मार्फत् पठन संस्कृति निर्माण गर्न घोषणा पत्रमा यो विषयलाई कति महत्व दिइएको छ भन्ने अभियानको चासो रहेको अभियानका सह-संयोजक केशव मैनालीले बताएका छन् ।

    यसक्रममा अभियानको तर्फबाट झापा जिल्लाबाट निर्वाचनमा उमेद्वार बनेका व्यक्तिहरुलाई भेट गरी यस अभियान बारे जानकारी गराउने र आफ्नो एजेण्डामा यस विषयलाई अनिवार्य समेट्न आग्रह गरिने पठन अभियन्ता सन्तोष आचार्यले बताए ।

    यस्ता छन् अभियाद्वारा उमेद्वारहरुलाई दिइएको केही सुझावहरु:

    १) आफ्नो घोषणापत्रमा कम्तीमा एक वडामा एक सार्वजनिक पुस्तकालय स्थापना गर्ने वा भएका पुस्तकालय सञ्चालन गर्न बजेट बिनियोजन गरी मद्दत गर्ने ।

    २) आफ्नो क्षेत्रमा रहेका सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय संस्थामा अनिवार्य रुपमा मिनी लाइब्रेरी स्थापना गर्न पहल गर्ने ।

    ३) आफ्नो क्षेत्रमा रहेका नीजि तथा सरकारी विद्यालयको शैक्षिक गुणस्तर उकास्न अनिवार्य रुपमा किताबका लािग बजेट छुट्याउने ।

    ४) आफ्नो क्षेत्रमा आयोजना गरिने सार्वजनिक कार्यक्रमहरुमा अतिथिहरुलाई मायाको चिनो दिँदा पुस्तक दिने चलन चलाउने ।

    ५) हरेक वडामा कम्तीमा एक स्थानलाई सार्वजनिक स्थल तय गरी त्यसै स्थानमा कार्यक्रम हलसहितको पुस्तकालय र सार्वजनिक पार्क बनाउने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.