झापाको हल्दीबारी गाउँपालिका-३ मा अवस्थित चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरू संगठित भएका छन् ।
विद्यालयद्वारा आयोजित पूर्व विद्यार्थी पुनर्मिलन तथा भेटघाट कार्यक्रमपछि अभिषेक खतिवडाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा अम्बिका भट्टराई, सचिवमा टीकाराम ढकाल, कोषाध्यक्षमा सीता अधिकारी तथा सह-सचिवमा कृतिम पोखरेल चयन भएका छन् ।
Advertisement
त्यस्तै सदस्यहरूमा आशिष खरेल, अर्पण गिरी, चिरन ढङ्गेल, प्रमिला आचार्य, अञ्जना मण्डल र सन्तोष गिरी चयन भएका छन् ।
विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक खिवराज भट्टराईले गरेका थिए ।







