• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्सको वार्षिकोत्सवमा पत्रकारदेखि विद्यार्थीसम्म सम्मानित


  •    संवाददाता/ शुक्रबार, माघ १७, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित न्यूटन्स एजुकेशन एकेडेमीले एभिन्युज टेलिभिजनका झापा सम्बाददाता तथा साझा अनलाइन न्युज पोटलका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरेको छ ।

    न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार पत्रकार न्यौपानेले पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उनलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको हो ।

    Advertisement

    पत्रकार न्यौपाने दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । पत्रकार न्यौपाने शैक्षिक, आर्थिक, सामाजिक लगायतका विद्यासहित खोजमुलक रिपोर्टिङमा दख्खल राख्छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, न्यूटन्स एजुकेशन एकेडेमी प्रिन्सिपल देवेन्द्र हुमागाई लगायतले सम्मान गरेका हुन् ।

    Advertisement

    त्यस्तै सोही अवसरमा शिक्षासेवी, विद्यार्थी, अभिभावक र शिक्षकलाई पनि सम्मान गरिएको छ ।

    न्यूटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, उत्कृष्ट शिक्षक केवल सापकोटा, नोयल परेरा, उत्कृष्ट अभिभावक मदनगोपाल सुब्वा, मेनुका ओली लोहनीलाई सम्मान गरिएको थियो भने शिक्षासेवीका रुपमा गौतम शर्मा शिवाकोटीलाई अभिनन्दन गरिएको थियो ।

    यसैगरी उत्कृष्ट अंक ल्याउने सावित्रा न्यौपाने, श्रीयसी कार्की, संस्कार भट्टराईलाई समेत नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङ, विद्यालयका सञ्चालक आशिष प्रसाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गोपीकृष्ण प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भेसराज भण्डारी (प्रशान्त), नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत शिक्षासेवी, अभिभावक, समाजसेवीलगायतको आतिथ्य रहेको थियो ।

    सोही कार्यक्रमकाबीच न्यूटन्स एकेडेमीले झापा गोल्डकपलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो भने सरस्वती मावि, कनकाई आदर्श विद्या मन्दिर घैलाडुब्बा र आठराईको विद्यालयलाई जनही ३ लाख १० रुपैयाँको अक्षयकोष र बिर्तामोडको मदरसा तालिमूल कुरान बिद्यालयलाई ५० हजार सहयोग गरेको छ ।

    विद्यालयको गतिविधिका विषयमा प्रिन्सिपल देबेन्द्र हुमागाईले प्रकाश पारेको कार्यक्रममा विद्यार्थी अनन्य खरेलले स्वागत तथा सञ्चारकर्मी लीला अनमोल र शिक्षक पवित्रा पौडेलले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.