• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाल्मिकीमा प्रतिभा प्रष्फुटनका लागि सांस्कृतिक कार्यक्रम


  •    संवाददाता/ बुधबार, माघ १५, २०८२  

  • झापाको बिर्तामोड-१ स्थित बाल्मिकी एजुकेशन फाउण्डेशनले ‘अनेकतामा एकता’ भन्ने प्रकरणका साथ विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि विविध सांस्कृतिक कार्यक्रम सुरु गरेको छ ।

    विद्यालयका संस्थापक तथा राष्ट्रिय सभाका सदस्य गोपालकुमार बस्नेत, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र विद्यालयका निर्देशक आनन्दकुमार बस्नेतले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    Advertisement

    उक्त अवसरमा कक्षा नर्सरीदेखि कक्षा २ सम्मका बालबालिकाले विविध प्रस्तुति दिएका थिए भने साना विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्यका साथै फेसन शो र सन्देशमूलक नाटक समेत प्रदर्शन गरेका थिए ।

    Advertisement

    त्यस्तै बिहीबार कक्षा ३ देखि ५ सम्म र त्यसपछि अन्य कक्षाका विद्यार्थीको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

    कार्यक्रमका अध्यक्ष समेत रहेका विद्यालयका संस्थापक बस्नेतले ‘सबै राम्रो जति तपाईकै नानीलाई’ भन्ने नारासहित २०६० सालमा स्थापना गरिएको बाल्मिकी एजुकेशन फाउण्डेशनले अभिभावकको विश्वास र साथका कारण मुलुकको शिक्षा प्रणालीमा योगदान गरिरहेको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि गिरीले मञ्चमा उभिएर आफ्नो प्रतिभा प्रस्तुत गर्ने साना-साना नानीहरुले गरेको उत्कृष्ट प्रस्तुतिको प्रशंसा गरे । विद्यालयका प्रिन्सिपल पवन गिरीले अभिभावक र विद्यालय टिमको विश्वास र साथले बाल्मिकी अघि बढेको बताए ।

    विद्यालयकी सहनिर्देशक मनिषा बस्नेत, बाल्मिकी लिंकन कलेजका निर्देशक किशोर बस्नेत, बाल्मिकी प्लस टू का संयोजक महेन्द्र खवास, भाइस प्रिन्सिपल सुबोध लामा, बाल्मिकीका लेखा प्रमुख त्रिलोकी दास लगायतको सहभागिता रहेको कार्यक्रममा विद्यालयकी प्राइमरी इञ्चार्ज गीता ढुङ्गानाले धन्यवाद ज्ञापनसहित समारोहको समापन गरेकी थिइन् ।

    विद्यालयकी प्रि-प्राइमरी इञ्चार्ज एन्जिला क्षेत्रीले स्वागत गरेको कार्यक्रममा शिक्षक सीतादेवी नेपाल, जीवन आचार्य तथा विद्यार्थीले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.