इलाम क्षेत्र नं.१ जुझारु युवा नगेन्द्र बुढाथोकीले टिकट पाउने निश्चित भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र नं.१ बाट नेपाली कांग्रेसले बुढाथोकीलाई टिकट दिने पक्का-पक्की भएको हो ।
जेनजी आन्दोलनपछि युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्नपर्छ भन्ने माग सर्वत्र उठिरहँदा बुढाथोकीको नाम सिफारिस भएपछि स्थानीय युवाहरु उनलाई उम्मेदवार सिफारिस मात्र होइन उम्मेदवार नै बनाउन पर्छ भनेर पार्टीलाई दबाब दिएका थिए ।
सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका बुढाथोकी गाउँ-घरमा आपतविपत परेको समयमा सधैँ अग्रसर भएर लागिपर्ने गरेका छन् । दिनदु:खीको असल सारथीको रुपमा परिचित उनी गाउँमा कोही बिरामी हुँदा पैसाको अभाव भएर हस्पिटलसम्म पुग्ने अवस्था नभएकालाई हस्पिटलसम्म पुर्याउनदेखि लिएर डिस्चार्ज गरेर घरसम्म ल्याउन पछि नपर्ने उनको स्वभाव रहेको छ ।







