• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

५ देखि १७ वर्ष समूहका झन्डै १० प्रतिशत विद्यालयबाहिर


  •    संवाददाता/ मङ्गलबार, पुष २९, २०८२  

  • देशभर ५ वर्षदेखि १७ वर्ष उमेर समूहका झन्डै १० प्रतिशत अर्थात् ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेका छन् ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार तीमध्ये झन्डै आधा बालबालिका कहिल्यै विद्यालय नगएका र आधा विद्यालय जान छाडेका छन् ।

    Advertisement

    राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित नेपालमा शिक्षा र समावेशिता र बालबालिकाको अवस्था विषयक प्रतिवेदन सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो । यो अवस्था विकट भूगोल, न्यून आयस्तर र सीमान्तकृत समुदायमा बढी देखिएको छ ।

    Advertisement

    कार्यालयको जनसङ्ख्या शाखाका निर्देशक विनोदशरण आचार्यका अनुसार विद्यालयबाहिर रहने जोखिम प्रारम्भिक उमेर (५ वर्ष) र माध्यमिक तहमा प्रवेश गर्ने उमेर १० देखि १४ वर्षमा उच्च रहेको छ । विशेषगरी कक्षा ५ पछिको वर्षहरूमा विद्यालय छाड्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको आचार्यले जानकारी दिए ।

    उनका अनुसार प्रादेशिक रूपमा मधेशमा कहिल्यै विद्यालय नगएका बालबालिकाको हिस्सा ६० प्रतिशतभन्दा धेरै रहेको छ । गण्डकीमा किशोरावस्थामुनिका विद्यालयबाहिरका बालबालिकाको अनुपात ५ प्रतिशतभन्दा कम रहेको छ ।

    जातजातिका रूपमा मधेशी, मधेशी दलित तथा धार्मिक र भाषिक अल्पसङ्ख्यक समुदायका झन्डै तीन चौथाइ बालबालिका कहिल्यै विद्यालय नगएका समूहमा परेका छन् । यसको विपरीत पहाडी जातजाति र पहाडी जनजातिमा विद्यालयबाहिर रहने बालबालिकाको सङ्ख्या न्यून देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार विपन्न वर्गका झन्डै ४५ प्रतिशत बालबालिका र सम्पन्न वर्गका ३ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन् ।

    ५ वर्षको उमेरपछि विद्यालय जाने दर उच्च भए पनि माध्यमिक तहपछि विद्यालयमा उपस्थिति दर तीव्र रूपमा घटेको छ । १५ वर्षदेखि १९ वर्ष उमेर समूहका चारमध्ये एक जना विद्यालयभन्दा बाहिर रहेका छन् । छात्राहरूको हकमा यो समस्या अझ गहिरो देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल ९८ लाख ६९ हजार ५ सय ८३ बालबालिका रहेका छन् । यो कुल जनसङ्ख्याको ३४ प्रतिशत हो । २०५८ सालमा ४७ प्रतिशत रहेको बालबालिकाको अनुपात २०७८ सालसम्म आइपुग्दा लगातार घट्दै गएको प्रतिवेदनमा उल्लेख छ । मधेश र लुम्बिनीमा बालबालिकाको उपस्थिति अन्य प्रदेशको तुलनामा उच्च रहेको छ । कुल बालबालिकामध्ये मधेशको हिस्सा २४ प्रतिशत रहेको छ भने कर्णाली र गण्डकीमा प्रत्येकको हिस्सा ७ प्रतिशत मात्र रहेको छ ।

    यस्तै १६ देखि १७ वर्ष उमेर समूहका ५ प्रतिशत बालबालिकाको विवाह भइसकेको पाइएको छ । कर्णाली प्रदेशमा यो दर ९ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा न्यून ३ प्रतिशत रहेको छ । विवाहित किशोरीमध्ये २६ प्रतिशत गर्भवती रहेको र विवाहित बालबालिकामध्ये केवल ३७ प्रतिशत मात्र विद्यालय गइरहेका छन् । अविवाहित बालबालिकामध्ये ८९ प्रतिशत विद्यालयमा अध्ययरत छन् । विवाहित बालबालिकामध्ये निष्क्रिय बालबालिकाको तुलनामा तीन गुणा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.