• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महेन्द्र रत्न माविको वार्षिकोत्सवमा दातादेखि विद्यार्थीसम्म सम्मानित


  •    संवाददाता/ सोमबार, पुष २८, २०८२  

  • झापाको बिर्तामोड-३ बिर्ताबजारमा अवस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले ६८ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ ।

    विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको कार्यक्रममा विद्यालयले उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक र दातालाई सम्मान र पुरस्कृत गर्दै वार्षिकोत्सव मनाएको हो ।

    Advertisement

    डाक्टर लक्ष्मीप्रसाद मैनालीद्वारा आफ्ना अग्रजको स्मृतिमा स्थापित रामप्रसाद मैनाली (गाउँ बुढा), विश्वेश्वरा, खेम स्मृति पुरस्कारबाट कक्षा ८ मा ४ जिपिए ल्याउने पुज्यता सुवेदी, ३.९७ जिपिए ल्याउने आरुसी प्रसाईं र ३.९४ जिपिए ल्याउने प्रतिष्ठा पौडेललाई पुरस्कृत गरिएको छ ।

    Advertisement

    त्यस्तै सुरेश पाठक स्मृति पुरस्कारबाट एसईईमा ४ जिपिए ल्याउने विद्या भट्टराई, कक्षा १२ मा ३.७४ जिपिए ल्याउने आयुस पौडेललाई पुरस्कृत गरिएको छ भने वर्ष उत्कृष्ट खेलाडीमा छात्रा भूमिका कालिकोटे र छात्र आयुस शिवाकोटीलाई पुरस्कृत गरिएको छ ।

    त्यस्तै उत्कृष्ट शिक्षकको रुपमा मावितर्फ तुलसीराम खरेल, निमावितर्फ पुष्पलाल आचार्य, आधारभूत तहतर्फ सन्तोष पोखरेल र उमाकुमारी राजवंशी तथा बाल शिक्षक गीता काफ्लेलाई पुरस्कृत गरिएको छ ।

    त्यसैगरी दीर्घसेवी सम्मान शिक्षक शान्ता चुडाललाई प्रदान गरिएको छ भने सोही अवसरमा बिदाई हुने तुलसा सिटौलालाई पनि सम्मान गरिएको थियो ।

    त्यस्तै महेन्द्र रत्न तारा सिजन ३ का विजेता सन्दीप गुरुङ, फस्ट रनरअप किस्मत रिजाल र सेकेन्ड रनरअप गौरव मालेलाई पुरस्कृत गरिएको छ भने अक्षयकोष दाता, प्रवेशद्वार निर्माण, चिसो खानेपानी आउने फिल्टर जडान गर्नेलाई सम्मान गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे, बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईं, शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख कुमार बस्नेत, नेपाल बक्सिङ संघका भोजराज सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा कोशी प्रदेशका पूर्व मन्त्री एकराज कार्की, नगर उपप्रमुख नगेन्द्र संग्रौला, वडाध्यक्ष मदन बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

    प्रधानाध्यापक खड्गप्रसाद खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत तथा सहायक प्रधानाध्यापक केशव प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षकहरु तुलसीराम खरेल र भोजराज दाहालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.