• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा नागरिक अस्पताल सञ्चालनमा आउँदै


  •    संवाददाता/ शनिबार, पुष २६, २०८२  

  • सर्वसाधारण नागरिकको पहुँचमा सुलभ, गुणस्तरीय र भरोसायोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित बिर्तामोडमा ‘नागरिक अस्पताल’ सञ्चालनमा आउने भएको छ ।

    आगामी वैशाखदेखि सेवा सुरु गर्ने तयारीसहित अस्पताल सञ्चालक नागरिक स्वास्थ्य सहकारी संस्था लिमिटेडले आफ्नो ५ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    Advertisement

    सुविधा सम्पन्न अस्पतालहरूको केन्द्र बन्दै गएको झापाको बिर्तामोड-४ हर्कलाल रोडमा निर्माणाधीन नागरिक अस्पताल सहकारी मोडलमा सञ्चालन हुन लागेको हो । आम नागरिकलाई लक्षित गरी न्यून शुल्कमा उपचार सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पताल स्थापना गरिएको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

    Advertisement

    शनिबार संस्थाको कार्यालयमा आयोजित साधारणसभामा अस्पताल सञ्चालनको तयारी तीव्र पारिएको जानकारी दिएको हो । अस्पताल सञ्चालनका लागि ११ कठ्ठा जमिन २५ वर्षका लागि भाडामा लिइएको र सो स्थानमा अस्पताल भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको पौडेलले बताए । उनका अनुसार हालसम्म भवन निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    साधारणसभामा प्रस्तुत विवरणअनुसार हालसम्म नागरिक स्वास्थ्य सहकारी संस्थामा ३०० भन्दा बढी सेयर सदस्य आबद्ध भइसकेका छन् । सहकारीको सहभागितामूलक मोडलमार्फत अस्पताल सञ्चालन गर्दा सेवाग्राहीलाई सस्तो दरमा उपचार उपलब्ध गराउन सहज हुने विश्वास लिइएको छ ।

    संस्थाका सदस्य कृष्ण बजगाईंले नागरिक अस्पतालले बिरामीको आर्थिक अवस्थालाई विशेष ध्यानमा राखी सुलभ दरमा उपचार सेवा दिने बताए ।

    अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराइने र नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गर्ने तयारी रहेको संस्थाका कोषाध्यक्ष जीवन खड्काले जानकारी दिए ।

    संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा भएको साधारणसभामा मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारी प्रमुख अतिथि रहेका थिए ।

    संस्थाका प्रमुख सल्लाहकार राजकुमार पोखरेल, संस्थापक अध्यक्ष बलराम कार्की, स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा.टंक बाह्रकोटी, पूर्व सह-सचिव डा.मुक्ति खनाल लगायतले अस्पताल सञ्चालनले क्षेत्रीय स्वास्थ्य सेवामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए ।

    कोषाध्यक्ष जीवन खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रवीन्द्र भट्टराईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.