• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्ति-१ मा विद्यार्थीका लागि ‘क्लोज क्याम्प’


  •    संवाददाता/ शुक्रबार, पुष २५, २०८२  

  • झापाको बुद्धशान्ति गाउँपालिका-१ का तीनवटा सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यसहित नौ स्थानमा ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको छ ।

    वडाको पहलमा सञ्चालन गरिएको उक्त क्याम्पमा बिहानी सत्रमा कक्षा सञ्चालन गरी विद्यार्थीमा पढ्ने संस्कृतिको विकास गरिनेछ । विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान विषयमा केन्द्रित रहेर कक्षा सञ्चालन हुने वडाले जनाएको छ । क्याम्पमा सिकाइमा कमजोर रहेका विद्यार्थीलाई सहभागी गराई उनीहरूको शैक्षिक उपलब्धि सुधार्ने लक्ष्य राखिएको छ ।

    Advertisement

    क्लोज क्याम्प सञ्चालनसँगै योग्यता प्राप्त नौ जना शैक्षिक व्यक्तित्वलाई तीन महिनाका लागि अल्पकालीन रोजगारीसमेत प्रदान गरिएको छ । यसले सामुदायिक विद्यालयको नतिजा सुधार गर्नुका साथै विद्यार्थीप्रति वडाको अभिभावकत्व झल्काउने अपेक्षा गरिएको छ ।

    Advertisement

    वडाध्यक्ष अनिल वाग्लेका अनुसार सामुदायिक विद्यालयका विद्यार्थीमा क्षमता भए पनि उपयुक्त वातावरण र समय व्यवस्थापनको अभावले सिकाइ उपलब्धिमा असर परिरहेको देखिएको छ । यस समस्याको समाधानका लागि विद्यालयमै थप अध्ययन समय (Guided Study) तथा अभिभावक शिक्षा कार्यक्रमजस्ता पहल आवश्यक रहेको निष्कर्ष निकालिएको बताए ।

    वडाले क्लोज क्याम्पलाई अझ प्रभावकारी बनाउँदै नियमित रूपमा सञ्चालन गरिने जनाएको छ । साथै सम्बन्धित विद्यालय र विषयगत शिक्षकहरूलाई कार्यक्रमको दिगो र प्रभावकारी कार्यान्वयनका लागि सहयोग र समन्वय गर्न विशेष अनुरोध गरिएको छ ।

    कार्यक्रममार्फत ‘सबै मिले सम्भव छ, हामी सिकाइ उपलब्धि हासिल गर्न सक्छौँ’ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको वडाध्यक्ष वाग्लेले बताएका छन् ।

    क्लोज क्याम्पका लागि वडाले तीन लाख रूपैयाँ विनियोजन गरेको छ । वडाका नमूना आधारभूत, त्रिभूवन मावि र बुद्ध आदर्श माविलाई १र१ लाख रूपैयाँ बजेट विनियोजन गरिएको वाग्लेले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.