• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन झापाको स्थापनामा दिवसमा शिक्षाक्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वसहित पत्रकारद्वय सम्मानित


  •    संवाददाता/ बिहिबार, पुष २४, २०८२  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आफ्नो ३५ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

    स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षाक्षेत्रमा योगदान पु¥याएका शिक्षासेवी, दीर्घकालीन रूपमा सेवा गरेका शिक्षक, शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थी तथा पत्रकारलाई सम्मान गरिएको छ ।

    Advertisement

    बिर्तामोडमा आयोजित जिल्लास्तरीय समारोहमा प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम, गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गरिनुका साथै सम्मान कार्यक्रममा संस्थागत विद्यालयहरूले जिल्लाको शैक्षिक विकासमा पु¥याएको योगदानको समीक्षा र भावी दिशाबारे पनि चर्चा गरिएको थियो ।

    Advertisement

    संस्थापक प्रिन्सिपल सम्मानतर्फ योगदान र विशिष्टताको आधारमा विराटज्योति अंग्रेजी माध्यमिक विद्यालय बिर्तामोडका गणेशप्रसाद ओली, देवकुल अंग्रेजी माध्यमिक विद्यालय बिर्तामोडका धरणीरस मैनाली र प्रभुकुमार श्रेष्ठ तथा रूपरत्न अंग्रेजी माध्यमिक विद्यालय अर्जुनधारालाई सम्मान गरिएको छ ।

    त्यस्तै मरणोपरान्त संस्थापक सम्मानअन्तर्गत टावर टेम्पल अंग्रेजी विद्यालय बिर्तामोडका संस्थापक प्रिन्सिपल स्वर्गीय नरेशमान धिमाललाई श्रद्धासहित सम्मान प्रदान गरिएको थियो । अविछिन्न कार्यरत शिक्षक सम्मानतर्फ हरिकुल नमूना माध्यमिक विद्यालय कनकाईका शिक्षक मुक्ति दाहाल पुरस्कृत भए भने उत्कृष्ट पालिका सम्मानतर्फ प्याब्सन अर्जुनधारालाई सम्मान गरिएको छ ।

    यसैगरी पत्रकारिता क्षेत्रबाट पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने सम्मानित भएका छन् ।

    त्यस्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । सम्मानित विद्यार्थीहरूमा प्रज्ञा एकाडेमी भद्रपुरकी मिनकुमारी दास, नेशनल मेरीगोल्ड स्कूल भद्रपुरका प्रनिल सत्याल, बाल्मीकि एजुकेशन फाउण्डेशन बिर्तामोडका हृदयप्रसाद शिवाकोटी र अंकित कटुवाल रहेका छन् ।

    त्यस्तै माउन्ट एभरेष्ट विद्यालय गौरादहका अर्पण रोय र जेनिस कोइराला, इमिनेन्ट कञ्चनजंघा स्कूल गौरादहका कुशल लिम्बू, हेमन्त राजवंशी र मुना पाण्डे, नमूना अंग्रेजी विद्यालय गौरादहकी सुमेधा कोइराला र अलिसा सापकोटा सम्मानित भएका थिए ।

    पारिजात अंग्रेजी माध्यमिक विद्यालयकी नम्सा लिम्बू थलाङ, ज्ञानकुञ्ज एकाडेमीका सागर राउत तथा ज्ञानोदय आवासीय माध्यमिक विद्यालय गौरीगञ्जकी सलिना कार्कीलाई पनि उत्कृष्ट शैक्षिक उपलब्धिका लागि सम्मान गरिएको थियो ।

    प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सनका वरिष्ठ सल्लाहकार टिकाराम पुरी रहेका थिए ।

    शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेत, बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीलगायत शिक्षासेवीहरूले शुभकामना मन्तव्य राखेको कार्यक्रममा जिल्लास्तरीय सामूहिक सांस्कृतिक नृत्य, एकल शास्त्रीय नृत्य, विभिन्न वर्गका गायन प्रतियोगिता समावेश गरिएको थियो । कक्षा ११ र १२ का विद्यार्थीहरूको विशेष गायन प्रस्तुति तथा १२ वर्षमुनि र १२ वर्षमाथिका प्रतियोगीहरूको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

    प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.