झापाका शिक्षासेवी गणेशप्रसाद खनालको निधन भएको छ ।
गोमेन्द्र महाविद्यालयका संस्थापक समेत रहेका झापाका पुराना शिक्षासेवी खनालको आज निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
उनको ८५ वर्षको उमेरमा निधन भएको हो । खनालको निधनले शिक्षा क्षेत्रमा ठुलो क्षति पुगेको जनाइएको छ । उनका तीन छोरा दिपक खनाल, डा.रूपकप्रसाद खनाल र उत्तम खनाल शिक्षा क्षेत्रमै छन् ।
Advertisement
गोमेन्द्र परिवारले खनालको निधनप्रति शोक र अपूरणीय क्षति पुगेको जनाएको छ ।







