पछिल्लो समय झापा र कनकाई नगरपालिका क्षेत्रमा बढ्दो लागूऔषध प्रयोगकर्तालाई घटाउन अस्थायी प्रहरी बिट दुर्गापुरले विद्यालयहरुमा सचेतना अभियानलाई तीव्रता दिएको छ ।
सोहीक्रममा कनकाई नगरपालिका वडा नंं.६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा लागूऔषधसम्बन्धी एकदिवसीय सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
अस्थायी प्रहरी बिट दुर्गापुरका इन्चार्ज छत्र श्रेष्ठले विद्यालयका कक्षा ८, ९ र १० का सय जना विद्यार्थीलाई लागूऔषधको प्रयोग र यसको असर, यसबाट बच्ने तरिका, लागूऔषधबाट मानिसमा पर्ने असर, साइबर अपराध, यसको प्रकार र सजाय लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।
उक्त अवसरमा चम्पापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको आतिथ्यता रहेको थियो । अस्थायी प्रहरी बिट दुर्गापुरले कनकाईका अन्य विद्यालयहरुमा समेत यस प्रकारका प्रशिक्षणहरु नियमित रुपमा सञ्चालन गर्दै आइरहेको छ ।







