• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरका विद्यालयमा लैङ्गिक हिंसा विरुद्धको सचेतना


  •    संवाददाता/ मङ्गलबार, पुष २२, २०८२  

  • झापाको मेचीनगर नगरपालिकाले विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरेको छ ।

    नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पूरुष सञ्जालमार्फत विद्यालयमा गएर विद्यार्थीहरुलाई अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    Advertisement

    नगरका दश वटा सामुदायिक विद्यालयमा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम गरिएको छ । मेचीनगर-२ को भानु मावि, ३ नम्बर वडाको जनता मावि, ४ नम्बर वडाको सरस्वती मावि, वडा नम्बर ६ को काँकरभिट्टा मावि, ७ नम्बरको अरनिको मावि र आदर्श मावि रहेका छन् ।

    Advertisement

    त्यस्तै ११ नम्बर वडाको बलभद्र जनता मावि, १३ नम्बर वडाको शहिद दशरथ चन्द मावि, १२ नम्बर वडाको सरस्वती बाल कल्याण मावि र वडा नम्बर १५ को ज्यामिरगढी माविका कक्षा ९ र १० का विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

    यही पुस ६ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना, नगरपालिकाले गठन गरेको पूरुष सञ्जाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायतको सहकार्य रहेको थियो ।

    १० वटा विद्यालयका विद्यार्थीहरुलाई महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, केश म्यानेजर अरुणा चौधरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक विरेन्द्र कोइराला, प्रहरी नायव निरीक्षक मिलनकुमारी राई, पूरुष सञ्जाल मेचीनगरका संयोजक मोहन काजी, नगरका सदस्यहरु, दश वटै वडाका पुरुष सञ्जालका सदस्यहरुले प्रशिक्षणसहितको अन्तरक्रिया गरेका थिए ।

    विद्यालय हाताभित्र, आउँदा-जाँदा, बाटोमा, पुलमा, एकान्त ठाउँमा, सवारीसाधानमा, बस पर्खने, चढ्ने, चिया पसल, फलैंचा, वारीपरि हुने यौनजन्य हिंसा, शारीरिक, मनोवैज्ञानिक, दुव्र्यवहार गर्ने, जिस्काउने, धाक, धम्की दिने लगायतका कार्य लैङ्गिक हिंसा भएकोले त्यसैको सचेतनाका लागि विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.