• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

देवी माविको वार्षिकोत्सवमा विद्यार्थीदेखि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षसम्म सम्मानित


  •    संवाददाता/ आइतबार, पुष २०, २०८२  

  • झापाको बिर्तामोड-५ स्थित देवी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

    Advertisement

    कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारी, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, अभिभावक, समाजसेवी, उद्योगी, शिक्षासेवी र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक अम्बिका श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै देवी माध्यमिक विद्यालयको ऐतिहासिक यात्रा र योगदानबारे जानकारी गराइन् । उनले २०१९ सालमा सानो झुपडीबाट सुरु भएको विद्यालय आज हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो बाँड्दै आएको उल्लेख गरिन् ।

    उक्त समारोहमा कक्षा ६ देखि १० सम्मका उत्कृष्ट विद्यार्थीलाई स्टेशनरी किट वितरण गरिएको थियो भने एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल विद्यार्थी कृतान्जल दाहाल र रोहन सुनारलाई विशेष सम्मान गरिएको थियो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई पहिलो त्रैमासिक छात्रवृत्ति प्रदान गरिएको थियो ।

    मानबहादुर-भगवती गिरी अक्षयकोष, सञ्जु पाण्डे डाँगी स्मृति अक्षयकोष, हरिकला धिमाल स्मृति छात्रवृत्ति अक्षयकोष, ज्ञानुराम प्रसाई स्मृति अक्षयकोष, लक्ष्मी निरौला स्मृति अक्षयकोष, परशुराम ढकाल स्मृति अक्षयकोष, नन्दलाल-चन्द्रमाया न्यौपाने स्मृति अक्षयकोषलगायत विभिन्न छात्रवृत्ति कोषबाट विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको थियो ।

    कार्यक्रममा हेडटिचर अवार्ड २०८१ अन्तर्गत एसइई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी, कक्षा १२ मा सर्वाधिक जीपीए ल्याउने विद्यार्थी, कक्षा ११ का समूहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुँदै विजेता बनेका खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

    त्यसैगरी उत्कृष्ट कर्मचारी धनमाया थापा, दीर्घसेवी शिक्षक दुर्गा कुमारी उप्रेती र भक्तराज घिमिरे, निर्वतमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष आशिष वनसहित सदस्यहरू दमन्ता अधिकारी, मेदनी विश्वकर्मा, गोवेन धिमाल र मदनकुमार नेम्वाङलाई पनि सम्मान गरिएको थियो ।

    शिक्षक उमेश कुमार शाहले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीला भण्डारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.