• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाल्यकालमा ‘स्क्रिन’ हेर्ने समय धेरै हुँदा किशोरावस्थामा तनाव र चिन्ता


  •    संवाददाता/ बिहिबार, पुष १७, २०८२  

  • बाल्यकालमा बढी स्क्रिन समय बिताएका बालबालिकामा किशोरावस्थामा मानसिक स्वास्थ्य समस्या देखापर्ने जोखिम बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।

    ई-बायो मेडिसिन जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार अध्ययनले दुई वर्षभन्दा कम उमेरका बालबालिकामा बढी स्क्रिन समयले मस्तिष्कको विकासमा दीर्घकालीन प्रभाव पार्ने देखाएको हो । यो अध्ययन सिङ्गापुरको ए स्टार इन्स्टिट्यूट र नेशनल युनिभर्सिटी अफ सिङ्गापुरका अनुसन्धाताहरूले एक दशकभन्दा बढी समयसम्म बालबालिकालाई अनुगमन गरेर गरेका हुन् ।

    Advertisement

    अध्ययनका अनुसार शिशुहरूमा बढी स्क्रिन समयले मस्तिष्कको सञ्जाल असमयमै परिपक्व हुने गर्दछ जसले गर्दा आठ वर्षको उमेरमा निर्णय लिने क्षमता कमजोर हुन्छ र १३ वर्षसम्म पुग्दा चिन्ताका लक्षणहरू बढी देखा पर्छन् ।

    Advertisement

    यस्तै अध्ययनले तीन वर्षको उमेरदेखि अभिभावकसँग बसेर नियमित किताब पढ्ने गरेका बालबालिकामा स्क्रिन समयको नकारात्मक प्रभाव घटेको पनि देखाएको छ । विश्वभर बालबालिकाको स्क्रिन समय चिन्ताजनक रूपमा बढिरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो ।

    सन् २०२४ को तथ्याङ्क अनुसार विश्वभर मानिसहरू दैनिक औसत ६ घण्टा ३८ मिनेट स्क्रिनमा बिताउँछन् । अमेरिकामा यो सङ्ख्या ६ घण्टा ४० मिनेट पुगेको छ । बालबालिकाको अवस्था अझ चिन्ताजनक छ । अमेरिकामा ८ देखि १८ वर्षका बालबालिकाले दैनिक औसत साढे ७ घण्टा मनोरञ्जनका लागि मात्र स्क्रिनमा बिताउँछन् । ४१ प्रतिशत किशोरकिशोरीले दैनिक ८ घण्टाभन्दा बढी समय स्क्रिनमा बिताउने गरेको तथ्याङ्कले देखाएको छ ।

    अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले १८ महिनाभन्दा कम उमेरका बालबालिकाका लागि स्क्रिन टाइम नदिन सिफारिश गरेको छ । दुईदेखि पाँच वर्षका बालबालिकाका लागि दैनिक एक घण्टामात्र उच्च गुणस्तरको सामग्री हेर्न दिन सुझाव दिइएको छ । तर ८७ प्रतिशत बालबालिकाले सिफारिस गरिएको समयभन्दा बढी स्क्रिनमा समय बिताइरहेका छन् ।

    स्क्रिन समय सीमित गर्नुका साथै अभिभावकले बालबालिकासँग किताब पढ्ने, खेल्ने र कुराकानी गर्ने जस्ता गतिविधिमा समय बिताउन अध्येताहरूले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.