बर्ने युथ क्लबले बुद्धशान्ति-४ मा अवस्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा जाडो मौसमलाई मध्यनजर गर्दै ४५ जना विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कुमार भुर्तेलले खुशी व्यक्त गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश जाने बताए ।
Advertisement
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष महानन्द गौतम, बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य दुर्गा पोखरेल ढुंगेल, विद्यालय व्यवस्थापन समिति सदस्य पवन ढकाल लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
विद्यालयका सहप्रधानाध्यापक भुपेन कार्कीले क्लबले सञ्चालन गर्ने सामाजिक तथा सकारात्मक गतिविधिमा विद्यालयका स्काउट र रेडक्रसमा आबद्ध विद्यार्थीहरूलाई सहभागी गराइने जानकारी दिए ।







