• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका चार जना अभिभावकलाई आदर्श अभिभावक सम्मान


  •    संवाददाता/ शुक्रबार, पुष ११, २०८२  

  • स्व.श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापाका चार जना अभिभावकलाई आदर्श अभिभावक सम्मान प्रदान गरेको छ ।

    शिवसताक्षी नगरपालिका-६ शिवगञ्जमा अवस्थित श्री जन आदर्श माध्यमिक विद्यालय आयोजित कार्यक्रममा शिवलाल सुवेदी, धर्मप्रसाद भेटुवाल, यमबहादुर दर्जी र चन्द्रकला सापकोटालाई नगदसहित आदर्श अभिभावक सम्मान प्रदान गरिएको हो ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरपालिका-६ का वडाध्यक्ष मनोज कार्की प्रमुख अतिथि रहेका थिए ।

    Advertisement

    कोशी प्रदेशको सुनसरी जिल्ला सदरमुकाम इनरुवामा लामो समय बिताएका स्व.प्रजापति देव ढुंगेल र स्व.हरिमाया ढुंगेलका सुपुत्र स्व. श्यामदेव ढुंगेलको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले जेष्ठ नागरिकप्रतिको सम्मानस्वरूप कार्यक्रम आयोजना गरेको जनाएको छ ।

    समाजमा रहेका कर्तव्यनिष्ठ, इमानदार र जिम्मेवार अभिभावकलाई पहिचान गरी आदर्श अभिभावक सम्मान प्रदान गरिएको प्रतिष्ठानका संस्थापक संरक्षक रामप्रसाद ढुंगेलले जानकारी दिए ।

    प्रतिष्ठानले हरेक वर्ष पुस ९ गते स्व.श्यामदेव ढुंगेलको जन्मदिन तथा पुण्यतिथिका अवसरमा झापा र सुनसरीका विभिन्न विद्यालयमा आदर्श अभिभावक सम्मान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

    सम्मान कार्यक्रमका लागि झापाको शिवसताक्षी नगरपालिका-६ स्थित जन आदर्श उच्च माध्यमिक विद्यालय तथा सुनसरीको इनरुवा नगरपालिकास्थित श्री देवकोटा प्राथमिक विद्यालय र भगवती माध्यमिक विद्यालय छनोट गरिएको प्रतिष्ठानले जनाएको छ । ती विद्यालयमा स्व. श्यामदेव ढुंगेलका छोराहरू रामप्रसाद ढुंगेल, सन्जय ढुंगेल र राजु ढुंगेलले प्रारम्भिक शिक्षा हासिल गरेका कारण पहिलो चरणमा ती विद्यालयका अभिभावकलाई सम्मान गरिएको हो ।

    कार्यक्रम शिवसताक्षी नगरपालिका-६ स्थित श्री जन आदर्श उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो । विद्यालयका शिक्षक भक्तिप्रसाद काफ्लेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा तीन अभिभावक सिफारिस समितिबाट र एक अभिभावक दाताको परिवारको सिफारिसमा चयन गरिएको जनाइएको छ।

    प्रतिष्ठानका अध्यक्ष सन्जय ढुंगेलका अनुसार कार्यक्रमलाई नियमित बनाउन ढुंगेल परिवारले निश्चित रकम स्थानीय वित्तीय संस्थामा अक्षयकोषका रूपमा राख्ने र सो कोषको ब्याजबाट झापा र सुनसरीका तोकिएका विद्यालयमा बर्सेनि कार्यक्रम आयोजना गरिनेछ ।

    सम्मान कार्यक्रमकै अवसरमा शिवसताक्षी नगरपालिका-६ वडा कार्यालयको आयोजनामा अभिभावक शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.