• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इडन गार्डेनमा एआई विषयक अन्तरविद्यालय प्यानल डिस्कसन, एभरेस्ट स्मार्टका लिम्बु प्रथम


  •    संवाददाता/ बिहिबार, पुष १०, २०८२  

  • झापाको बिर्तामोड-४ मा अवस्थित इडन गार्डेन एजुकेसन फाउन्डेसनले अन्तरविद्यालय स्तरीय प्रतिस्पर्धात्मक प्यानल डिस्कसन प्रतियोगिता सम्पन्न गरेको छ ।

    विद्यालयले “नेपालको शैक्षिक सन्दर्भमा विद्यार्थीहरूका लागि एआई कार्यान्वयनका चुनौती र भावी मार्ग” विषयक प्यानल डिस्कसन प्रतियोगिताको आयोजना गरेको हो ।

    Advertisement

    प्रतियोगितामा एभरेस्ट स्मार्ट स्कुलका दिङ्माङ लिम्बु प्रथम, लिटल फ्लावर बोर्डिङ स्कुलका परिधि पाठक द्वितीय तथा तक्षशिला बोर्डिङ स्कुलका मानस ओडारी तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

    Advertisement

    सहभागी विद्यार्थीहरूले नेपालको शैक्षिक क्षेत्रमा एआईको प्रयोग, त्यसका सम्भावना, चुनौती तथा सही उपयोगका विषयमा आफ्नो तर्कसहित धारणा प्रस्तुत गरेका थिए ।

    प्रतियोगितामा सञ्चारकर्मी तथा शिक्षक उमाकान्त खनाल, शिक्षक धर्मेन्द्र मामा भट्टराई र शिक्षक केशव उप्रेती निर्णायक मण्डलमा रहेका थिए ।

    इडन गार्डेन बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल मोहन आचार्यको अध्यक्षतामा तथा बिर्तामोड-४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई निर्णायकद्वय खनाल र भट्टराईले खादा, प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरेका थिए । ।

    कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगप्रति सचेत बनाउँदै भविष्यको शिक्षामा प्रविधिको भूमिकाबारे गहिरो बुझाइ दिन सहयोग पुगेको विद्यालयका शिक्षक तथा को-अर्डिनेटर गीताराम आचार्यले जानकारी दिए ।

    संस्थापक प्रिन्सिपल मोहन आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रविधिले गरेको तीव्र विकाससँगै विद्यार्थीहरूमा त्यससम्बन्धी चेतना, ज्ञान र बुझाइ कति छ भन्ने कुरा पहिचान गर्न अन्तरसंवादसहितको प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरिएको बताए ।

    मुस्कान बेगमले स्वागत गरेको प्यानल डिस्कसनको सहजीकरण शिक्षक खेमराज शर्माले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.