• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दीबारीका खतिवडाद्वारा विद्यालयलाई सहयोगसहित बालबालिकालाई न्यानो कपडा वितरण


  •    संवाददाता/ मङ्गलबार, पुष ०८, २०८२  

  • झापाको हल्दीबारीका युवा सामाजिक अभियन्ता अभिषेक खतिवडाले यस वर्ष पनि आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मनाएका छन् ।

    ममबत्ती, केक र औपचारिक उत्सवभन्दा फरक ढंगले जन्मदिनलाई ‘सेवाको अवसर’ का रूपमा उपयोग गर्दै आएका खतिवडाले विद्यालय र बालबालिकाका लागि सहयोग गरेका हुन् ।

    Advertisement

    उनले मङ्गलबार आयोजित कार्यक्रममा श्री पञ्चायत माध्यमिक विद्यालयमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माणका लागि दुई हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

    Advertisement

    उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्देनको अध्यक्षतामा कार्यक्रममा शिक्षक-अभिभावक संघका अध्यक्ष गणेश भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य पूर्ण आङ्ग्वो, शिक्षक-अभिभावक संघकी सदस्य चन्द्रमाया पौडेल खतिवडा, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

    सोही अवसरमा खतिवडाले विद्यालयका पाँच जना आर्थिक रूपमा कमजोर, सिमान्तकृत तथा फरक क्षमता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरेका थिए । उनले विद्यार्थीहरूलाई जन्मदिनलाई फजुल खर्चको दिनका रूपमा नलिई अवसरका रूपमा प्रयोग गर्न आग्रह समेत गरेका थिए ।

    युवा उमेरमै सामाजिक रूपान्तरणका अभियानमा सक्रिय खतिवडा नियमित रक्तदाता पनि हुन् । २०८१ सालमा नेपाल रेडक्रस सोसाइटी, झापा शाखाले उनलाई ‘उत्कृष्ट स्वयंसेवा सम्मान’ प्रदान गरेको थियो। रक्तदानदेखि आपतकालीन अवस्थामा बिरामीका लागि रगतको व्यवस्थापनसम्म उनी धेरैका लागि भरपर्दो सहयोगीको रूपमा चिनिँदै आएका छन् ।

    सामाजिक क्षेत्रमा नै जीवन समर्पण गर्ने सोच राखेका खतिवडा यसअघि पनि विद्यालयलाई खेलकुद सामग्री, शैक्षिक सामग्री, न्यानो कपडा सहयोग तथा रक्तदान कार्यक्रममार्फत जन्मदिन मनाउँदै आएका छन् । स्थानीयका अनुसार उनको नेतृत्व, व्यवहार र सेवाभावले युवा पुस्तालाई प्रेरणा दिएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्देन तथा विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेलले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै खतिवडालाई शुभकामना व्यक्त गरेका थिए ।

    विद्यालयलाई रकम तथा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमको सञ्चालन तथा सहजीकरण विद्यालयका शिक्षक रमेश भण्डारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.