झापाको मेचीनगर-१३ चारआलीमा अवस्थित लिटल एन्जल बोर्डिङ स्कुलमा ध्यान तथा प्राणायाम सम्बन्धी विशेष कक्षा सम्पन्न भएको छ ।
विश्व ध्यान दिवसको अवसरमा विद्यालयका कक्षा ६-१० का विद्यार्थीहरूलाई ध्यान तथा प्राणायाम सम्बन्धी अभ्यास गराइएको हो ।
उक्त अवसरमा ओंकार ध्यान र भ्रामरी प्राणायाम अभ्यास गराइएको थियो । अभ्यासको सहजीकरण योग प्रशिक्षक लक्ष्मी सिग्देल (लिला नाथ)ले गरेका थिए ।
Advertisement
उक्त अभ्यासले विद्यार्थीहरूको मस्तिष्क प्रणाली शान्त बनाउने, एकाग्रता र स्मरण शक्ति बढाउने, तनाव र परीक्षामा डर कम तथा भावनात्मक सन्तुलन सुधार गर्ने योग प्रशिक्षक सिग्देलले जानकारी दिए ।
विद्यालयको शैक्षिक वातावरणमा ध्यान अभ्यास समावेश गर्नु विद्यार्थीको मानसिक स्वास्थ्य र समग्र विकासका लागि महत्वपूर्ण रहेकाले अभ्यास गराइएको शैक्षिक संयोजक कुशलता कार्कीले बताइन् ।







