• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जाडोमा बच्चाको खानपानमा यसरी दिने ध्यान ?


  •    डा.बाबुराम पाण्डे/ शुक्रबार, पुष ०४, २०८२  

  • जाडोमा शरीरलाई अन्य मौसममा भन्दा बढी शक्तिको आवश्यक पर्छ । त्यसैले खानेकुरामा विशेष ख्याल पुर्‍याउनुपर्ने हुन्छ । यतिबेला बच्चालाई खास ख्याल गरिएन भने विभिन्न समस्याले सताउने जोखिम हुन्छ ।

    त्यसैले बच्चालाई बाह्य वातावरणसँग घुलमिल गराउन त्यही किसिमको खानपान, स्याहारसुसार आवश्यक हुन्छ । यतिबेला न्यानो लुगा लगाउने मात्र होइन, पोषिलो र तातो खानेकुरा पनि दिनुपर्छ । जाडोमा बच्चालाई स्वस्थ र स्फूर्त राख्न अभिभावकले बच्चाको खानपानमा विशेष ध्यान दिनुपर्छ ।

    Advertisement

    जाडोमा बच्चाको खानपान

    Advertisement

    जाडोमा बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउन उनीहरूलाई प्रशस्त मात्रामा मौसमी फलफूल खान दिनुपर्छ । जाडोयाममा पाइने सुन्तला, किबी, अमला जस्ता फलफूलमा भिटामिन सी भरपुर हुन्छ, जसले बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । भिटामिन सीले चिसोबाट बचाउन मात्र होइन, छालालाई स्वस्थ राख्न र रक्तसञ्चारलाई सुधार गर्न पनि सहयोग गर्छ ।

    अनार, स्याउ पनि दिन सकिन्छ । अनारले रगतमा हेमोग्लोबिनको स्तर बढाउँछ, जसले शरीरलाई ताजगी दिन्छ । स्याउमा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले पाचन र रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।

    गाजर, सखरखण्ड, चुकन्दर जस्ता तरकारी र कन्दमूलको सेवन पनि फाइदाजनक हुन्छ । गाजरमा भिटामिन ए हुन्छ, जसले आँखाको दृष्टि राम्रो बनाउँछ । सखरखण्डमा फाइबर र भिटामिन सी पाइन्छ, जसले पाचन र रोगप्रतिरोधलाई मद्दत गर्छ । चुकन्दरमा आइरन र फोलेट पाइन्छ, जुन रक्तसञ्चारलाई सुधार गर्छ र बच्चालाई ऊर्जा दिन्छ ।

    बच्चाहरूलाई स्वास्थ्य राख्न बदाम, ओखर, काजू जस्ता नट्स पनि दिनुपर्छ । बदामले शरीरलाई तातो राख्छ र दिमागको विकासमा सहयोग गर्छ । ओखरमा पाइने ओमेगा-३ फ्याटी एसिडले मस्तिष्कलाई स्फूर्त राख्छ । काजूमा प्रोटिन, आइरन र जिङ्क हुन्छ, जसले शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ ।

    जाडोमा बच्चालाई बाह्य वातावरणसँग घुलमिल गराउन तातो सुप र झोल पनि खुवाउनुपर्छ । जस्तै चिकेन सुप, सागसब्जी र दालको झोल दिन सकिन्छ । तातो चिकेन सुपले बच्चालाई प्रोटिन र खनिज तत्त्वको परिपूर्ति गर्छ । सागसब्जी मिसाएर बनाएको झोलले भिटामिन र खनिजहरूको राम्रो मात्रा दिन्छ र पेटको स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । दालको झोलले प्रोटिन र फाइबर दिन्छ, जसले बच्चालाई तातो र ऊर्जावान राख्छ ।

    सम्पूर्ण अन्न जौ, दलिया, ओट्स जस्ता खानेकुरा पनि बच्चाको आहारमा समावेश गर्नुपर्छ । जौमा फाइबर र प्रोटिन हुन्छ, जसले बच्चालाई पाचनमा सजिलो बनाउँछ । ओट्सले लामो समयसम्म ऊर्जा दिन्छ, जसले बच्चालाई चिसोमा तातो महसुस गराउँछ ।

    जाडोमा बच्चाका लागि खाना बनाउँदा मसलाको प्रयोग गर्नु पनि लाभदायक हुन्छ । अदुवा र लसुनमा एन्टिब्याक्टेरियल तत्त्व पाइन्छ, जसले चिसो र रुघाखोकीबाट जोगाउँछ । बेसारको एन्टिअक्सिडेन्ट गुणले शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । यी मसालाले न्यानो महसुस गराउँछन् र रोगप्रतिरोधात्मक क्षमता बढाउँछन् ।

    जाडोमा बच्चालाई यी खानेकुरा नदिएकै राम्रो

    जाडोमा बालबालिकालाई धेरै चिनी भएको क्यान्डी, चकलेट, केक जस्ता खानेकुरा एकदमै कम दिनुपर्छ । धेरै चिनीले बच्चाको रोगप्रतिरोधक क्षमता कमजोर बनाउँछ र सङ्क्रमणको सम्भावना बढाउँछ । मिठाईको सट्टामा गुलियोका लागि मह प्रयोग गर्दा स्वस्थकर विकल्प हुनसक्छ ।

    आइसक्रिम, चिसो सोडा जस्ता चिसो पेय पदार्थले घाँटीमा समस्या ल्याउँछ र बच्चालाई रुघाखोकी लाग्न सक्छ । त्यसैले जाडोयाममा बालबालिकालाई यस्ता खानेकुरा नदिनु नै राम्रो हुन्छ । यसको सट्टामा तातो दूध, अदुवा चिया वा मह मिसाइएको तातो पानी दिनु राम्रो हुन्छ ।

    चिप्स, नुडल्स, प्याक फुड्स जस्ता प्रशोधन गरिएको खानेकुरा र जङ्कफुडमा पोषण तत्त्व कम हुन्छ र यसले पाचनमा समस्या ल्याउन सक्छ । यसको सट्टामा बच्चालाई घरमै बनाएको पौष्टिक खाना दिनु उत्तम हुन्छ ।

    समोसा, पकौडा, चिप्स जस्तो धेरै तारेको खाना बच्चालाई पचाउन गाह्रो हुनसक्छ । यसले बच्चालाई भारी महसुस गराउँछ र पेटको समस्या ल्याउन सक्छ । तेलमा तारेको खानेकुरा भन्दा उसिनेको बेक गरेका र हल्का खानेकुरा दिनु राम्रो हुन्छ ।

    ध्यान दिनुपर्ने अन्य कुरा

    जाडोमा बच्चालाई पर्याप्त तातो पानी र तातो दूध खुवाउनु राम्रो हुन्छ, जसले गर्दा बच्चाको शरीर हाइड्रेट रहन्छ । उनीहरूलाई बाहिर खेल्न प्रेरित गर्नुपर्छ । ताकि उनीहरूको शरीर सक्रिय हुन्छ । साथै, जाडोमा बच्चालाई घाममा बस्न प्रेरित गर्नुपर्छ । उनीहरूले प्राकृतिक भिटामिन डी पाउन सकुन्, जसले हड्डीलाई बलियो बनाउँछ । (डा.पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन्) ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.