• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दीबारी-४ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा


  •    संवाददाता/ बिहिबार, पुष ०३, २०८२  

  • झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर-४ ले बालमैत्री वडा घोषणा गरेको छ ।

    करिब दुई वर्षको अथक प्रयासपछि हल्दीबारीका पाँच वटा वडा मध्ये पहिलो बालमैत्री वडा घोषणा गरिएको हो ।

    Advertisement

    हल्दीबारी-४ वडा कार्यालयमा बिहीबार विशेष कार्यक्रमको आयोजना गरी हल्दीबारी-४ लाई पालिकाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।

    Advertisement

    हल्दीबारी-४ बडाबारीले २०८० सालबाट बालमैत्री स्थानीय शासन अवधारणा अवलम्बन गरी बालबालिकाको चौतर्फी विकासमा संस्थागत रुपमा निरन्तर कार्य गर्दै आएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेको सेवा प्रवाह र संस्थागत समेत ५१ सूचकहरु बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७५ को मापदण्ड अनुसार सूचकको नतिजा पुरा गरी बालमैत्री वडा घोषणा गरेको हो ।

    हल्दीबारी-४ का वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको बालमैत्री वडा घोषणा कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

    वडाका १ हजार २६३ घरपरिवारका ५ हजार ८१० नागरिकहरुले बालमैत्री बानी व्यवहारसहित बालबालिकालाई प्राथमिकतामा राखि प्रशंसनिय कार्यमा अग्रसरता गरेर बालमैत्री देश नेपाल निर्माण गर्ने राष्ट्रिय प्राथमिकताको कार्यमा योगदान गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्टले गाउँपालिकाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका छन् ।

    यसैगरी बालमैत्री घोषणाको अवसरमा कोशी प्रदेश सभामुख, जिल्ला समन्वय समिति झापा र हल्दीवारी गाउँपालिकाले वडालाई छुट्टा-छुट्टै कदरपत्र प्रदान गरेका छन् ।

    कोशी प्रदेश सभामुख विष्ट, जिल्ला समन्वय समिति झापा प्रमुख विश्वनाथ बराल, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले वडाध्यक्ष सन्तकुमार थापासहित वडाका जनप्रतिनिधि कदरपत्र हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा प्रदेश सांसद छवि चुडाल, हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), कार्यपालिका सदस्य शान्ता शिवाकोटी, पूर्व गाविस सचिव मुरारी पोखरेल, बाल सञ्जाल हल्दीबारीका निवर्तमान अध्यक्ष पवन गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा हल्दीबारी-२ का वडाध्यक्ष सुकलाल राजवंशी, हल्दीबारी-३ का वडाध्यक्ष बिष्णुप्रसाद ओली, हल्दीबारी-५ का वडाध्यक्ष खड्गबहादुर लावती, कार्यपालिका सदस्य, जनप्रतिनिधि, पालिका र वडाका कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी, स्थानीय सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

    वडा नम्बर ४ की वडा सदस्य भगीरथा दाहालले स्वागत गरेको कार्यक्रमको सहजीकरण पालिकाका योजना शाखा प्रमुख राजन न्यौपाले गरेका थिए भने सञ्चालन बाल सञ्जालका सृष्टि पौडेल र युनिशा न्यौपानेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.