• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्सका विद्यार्थीद्वारा धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन


  •    संवाददाता/ मङ्गलबार, पुष ०१, २०८२  

  • झापाको बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेशन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको अवलोकन गराइएको छ ।

    विद्यालयले आयोजना गरेको उद्धघोषण, तथा व्यक्तित्व विकास तालिममा सहभागी विद्यार्थी र टुरिजम क्लबमा आबद्ध विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिका-११ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षी धामको भ्रमण गराइएको हो ।

    Advertisement

    उक्त भ्रमणमा विद्यालयमा अध्ययनरत कक्षा ६, ७, ८ र ९ का ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    विद्यार्थीहरुलाई आफ्नो जिल्लामा रहेका स्थानीय धार्मिक स्थलहरुको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयले भ्रमणको आयोजना गरेको बताइएको छ ।

    पढाइको अलवा अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई संलग्न गराउँदै धर्म, संस्कृति, पर्यटन र वातावरण संरक्षणप्रति सचेत तथा जागरुक बनाउने उद्देश्यले शैक्षिक अवलोकन भ्रमण आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईंले जानकारी दिए ।

    भ्रमणमा बिर्तामोड नगरका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत जानुका रेग्मी, बिर्तामोड नगरपालिका-२ का वडा सचिव हिमा खनाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाई, विद्यालयका निर्देशक आशिस प्रसाईं, प्याब्सन बिर्तामोड सहकोषाध्यक्ष दिपक चम्लागाँई, शिक्षक पवित्रा पौडेलसहित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा बोल्दै बिर्तामोड नगरका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत जानुका रेग्मीले यस्ता कार्यक्रमले विद्यार्थीलाई स्थानीय क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकस्थलहरुको बारेमा थाहा पाउन सहज हुने बताइन् ।

    विद्यालयका निर्देशक आशिस प्रसाईंले सबैलाई धन्यवाद व्यक्त गरेको कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक तथा शिक्षक सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.