• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन मेचीनगरको गायन-नृत्य प्रतियोगिता औपचारिकतामै सीमित


  •    संवाददाता/ सोमबार, मङि्सर ३०, २०८२  

  • विद्यालयहरूलाई एकताबद्ध गर्दै विद्यार्थीको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्याब्सन मेचीनगरको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता अधिकांश विद्यालयको सहभागिताविना सम्पन्न हुँदा कार्यक्रमले आफ्नो मूल उद्देश्य नै गुमाएको देखिएको छ । विद्यालयहरू क्रमश: टाढिँदै जाँदा कार्यक्रम औपचारिकतामै सीमित बनेको सरोकारवालाहरूले बताएका छन् ।

    प्याब्सन मेचीनगरको आयोजनामा शनिबारदेखि धुलाबारीस्थित पासाङल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा सुरु भएको प्रतियोगिता आइतबार समापन भएको थियो । तर नगरभित्रका धेरै निजी विद्यालय सहभागी नहुनु, सहभागिता न्यून रहनु र अपेक्षित उत्साह नदेखिनुले कार्यक्रमको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।

    Advertisement

    सिर्जनशीलता विकास, प्रतिभा पहिचान र विद्यालयहरूबीच सहकार्य बढाउने भनिएको प्रतियोगिता यसपटक भने कर्मकाण्डी अभ्यासजस्तो देखिएको टिप्पणी हुन थालेको छ । सहभागी संख्या न्यून हुनुका पछाडि आयोजक पक्षको तयारी, समन्वय र नेतृत्व क्षमतामा कमजोरी देखिएको आरोप पनि खुलेर उठ्न थालेको छ ।

    Advertisement

    विशेषगरी पछिल्लो समय प्याब्सन मेचीनगरभित्र निर्णय प्रक्रिया केही सीमित व्यक्तिमा केन्द्रित हुँदै गएको, सामूहिक छलफल र सदस्य विद्यालयका सुझावलाई बेवास्ता गरिएको गुनासो व्यापक बन्न थालेको छ । यसले संस्थाभित्र अपनत्व कमजोर बनाएको र विद्यालयहरूको सहभागितामा प्रत्यक्ष नकारात्मक असर परेको सरोकारवालाहरूको भनाइ छ ।

    एक सदस्य विद्यालयका प्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘कार्यक्रम सबै सदस्य विद्यालयका लागि भनिन्छ, तर निर्णय केही व्यक्तिले मात्रै गर्दा धेरै विद्यालय आफैं टाढिँदै गएका छन् । यस्तो अवस्था रहे संस्थाप्रति विश्वास झन् कमजोर हुन्छ ।’

    प्याब्सन मेचीनगरका अध्यक्ष विक्रम क्षेत्रीले भने जिल्ला प्याब्सनको कार्यक्रमअनुसार नगरस्तरीय प्रतियोगिता सञ्चालन गरिएको स्पष्ट पार्दै यसअघि ‘प्याब्सन स्पोर्ट मिट २०८२’ साताब्यापी रूपमा सम्पन्न गरिएको जानकारी दिए । तर सदस्य विद्यालयको न्यून सहभागिता र त्यसका कारणबारे आत्मसमीक्षा भने गरेनन् ।

    मेचीनगर नगरपालिकाका सामाजिक विकास संयोजक हृदय राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन जिल्ला सदस्य भोजबहादुर कार्की, जिल्ला सल्लाहकार हरिकुमार अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजवंशीले निजी शैक्षिक संस्थाहरूले पठन-पाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्षम बनाउँदै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै निजी विद्यालयहरूको प्रशंसा गरे । तर कार्यक्रमप्रति उठेका आलोचनाबारे भने उनले प्रत्यक्ष टिप्पणी गरेनन् ।

    प्याब्सन मेचीनगरका उपाध्यक्ष सुरेन्द्र न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव विमल पौडेलले गरेका थिए ।

    सरोकारवालाहरूका अनुसार यदि आगामी दिनमा निर्णय प्रक्रिया समावेशी, पारदर्शी र सहभागितामूलक बनाइएन भने यस्ता कार्यक्रमहरू थप औपचारिकतामै सीमित हुने र प्याब्सन मेचीनगरप्रतिको विद्यालयहरूको विश्वास झनै कमजोर हुने जोखिम देखिएको छ । अब संस्थाले आत्ममूल्यांकन गर्दै सदस्य विद्यालयको अपनत्व पुन:स्थापित गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.