• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘झापा स्पोर्टस् अवार्ड २०७६’ आज


  •    संवाददाता/ शुक्रबार, फागुन २८, २०७७  

  • चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ आज सम्पन्न हुदैछ । अवार्ड आज साँझ ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करणमा सात विधाका आठजना खेल प्रतिभालाई नगदसहित सम्मान गरिने अध्यक्ष हिमाल खरेलले जानकारी दिए । मञ्चले यसअघि पत्रकार सम्मेलन गरेर विभिन्न चार विधाका मनोनितहरु सार्वजनिक गरिसकेको छ । प्रत्येक विधामा तीन/तीनजना प्रतिभा छनोट गरिएको प्रतिभा छनोट समितिका संयोजक सचित आनन्द सुब्बाले बताए । मनोनितमध्ये एकजनाले कार्यक्रमको दिन नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

    यसपालिको अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा अनन्त तामाङ (फुटबल), सेसेहाङ आङदेम्बे (फुटबल) र छिरिङ गुरुङ (फुटबल) छन् । तामाङ र आङदेम्बे झापा र गुरुङ इलामका हुन् । त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला) मा जुनी राई (उसु), देविका खड्का (जुडो) र कमला श्रेष्ठ (फेन्सिङ) रहेका छन् । राई इलाम तथा खड्का र श्रेष्ठ झापाका हुन् ।

    Advertisement

    त्यसैगरी वर्ष उत्कृष्ट खेलाडी (युवा) मा रेजिन सुब्बा (फुटबल), मनिता श्रेष्ठ प्रधान (जुडो) र अनुजा कुलुङ राई (कबड्डी) छन् । सुब्बा र राई झापा र प्रधान पाँचथरकी हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल (फुटबल), मदन उप्रेती (कराते), वोङदेन लामा (पौडी) रहेका छन् । कटवाल र उप्रेती झापा तथा लामा इलामका हुन् ।

    Advertisement

    वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए ।

    त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । मनोनयनमा परेका चार विधाका विजेता र यी दुई विधामा अवार्ड प्राप्त गर्ने खेल प्रतिभाको घोषणा कार्यक्रमस्थलमा सोझै गरिन्छ ।

    मञ्चले यो वर्ष दुईजनालाई नगद २५ हजारसहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गर्ने जनाएको छ । यो वर्ष खेलाडीतर्फ शारीरिक सुगठनका राम दाहाल र प्रशिक्षकतर्फ बक्सिङका डम्बर लिम्बूलाई स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

    अवार्डमा २०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई मञ्चले सहभागी गराउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.