रोर्याक्ट क्लब अफ बिर्तामोडले निदि कलेजमा मेन्टल हेल्थ अवेयरनेस कार्यक्रम सम्पन्न गरेको छ ।
युवाबीच मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
रोर्याक्ट क्लबका अध्यक्ष सुशील थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी रहेका थिए ।
कार्यक्रममा प्रशिक्षक डा.जेनी मण्डलले मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन् । उनले तनाब व्यवस्थापन, भावनात्मक स्वास्थ्य र युवाहरूले अपनाउन सक्ने सकारात्मक व्यवहारगत परिवर्तनका विषयमा जानकारी गरेकी थिइन् ।
त्यस्तै कार्यक्रममा च्याट युवा फ्रन्टका अध्यक्ष अमरजित साह र निदि कलेजका प्रमुख रञ्जित कुमार साह विशेष अतिथि रहेका थिए ।
लक्ष्मीनारायण साहले स्वागत गरेको कार्यक्रमको सञ्चालन कुशल अधिकारीले गरेका थिए ।







