नागरिक बचाउ महाअभियानका पूर्व केन्द्रीय प्रवक्ता तथा हालसालै नागरिक बचाउ दल नेपालको पार्टी सभापति बनेका माधव कल्पितले अभियानका सबै पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
उनले मंसिर ११ गतेदेखि दलको सभापतिको भूमिकामा रहनुपर्ने भएकाले अभियानतर्फ समय दिन नसक्ने भन्दै राजीनामा घोषणा गरेका हुन् ।
अध्यक्ष दुर्गा प्रसाईलाई समर्पित पत्रमार्फत कल्पितले आफूलाई कलाकारदेखि प्रमुख स्वकिय सचिव हुँदै केन्द्रीय प्रवक्तासम्मको जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गरेका छन् । तीन वर्षको अवधि अभियानसँग ‘पारिवारिक नजिकियतामा बिताएको समय’ जीवनकै महत्वपूर्ण अनुभव रहेको भन्दै उनले अभियानप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
“आपसी माया, सद्भाव र विश्वासका आधारमा नागरिक बचाउ दल नेपालको पार्टी सभापति जस्तो महत्वपूर्ण जिम्मेवारी पाएको छु । त्यसैले अब अभियानतर्फका जिम्मेवारीमा समय दिन सक्दिन,” उनले पत्रमा उल्लेख गरेका छन् ।







