झापाको मेचीनगर नगरपालिका वडा नं.१ मा रहेको अरनीको डोजोको आयोजनामा दोश्रो मेचीनगर ओपन कराँते च्याम्पियनशिप २०२५ सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा १९ गोल्डसहित इटहरी डोजो च्याम्पियन भएको छ ।
त्यस्तै १७ गोल्डसहित लेटाङ दोश्रो र १४ गोल्डसहित आयोजक अरनीको डोजो तेश्रो भएको छ ।
अरनीको डोजोका अध्यक्ष कृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका निवर्तमान प्रमुख विमल आचार्य रहेका थिए ।
उक्त अवसरमा मेचीनगर-१ का वडाध्यक्ष रामकुमार राई, रेफ्री राजु महर्जन, समाजसेवी युवा सिमान्त घिमिरे, जनप्रतिनिधि, प्रशिक्षक, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको रेफ्री संयोजकमा कृष्ण बस्नेत, टुर्नामेन्ट डाइरेक्टरमा कुन्ती गुरुङ र टुर्नामेन्ट सल्लाहकारमा दुर्गा निरौला रहेका थिए ।
अरनीको डोजोका प्रशिक्षक अनिल लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन केशव शर्माले गरेका थिए ।







