• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोना कहर बिचको उपहार नमूना कृषि


  •    संवाददाता/ बुधबार, फागुन २६, २०७७  

  • झापा । कोरोना कहर लकडाउनले केही सचेत र कर्मशिलहरुका लागि अवसर र उद्यमी बन्न तर्फ अभिप्रेत गरेको उदाहरण अर्जुनधारा नगरपालिकामा एउटा परिवारले प्रस्तुत गरेको छ ।

    लकडाउनको चपेटामा परेर रोजगारी गुमाउन पुगेका झापाका ११ जना वौधिक व्यक्तीहरु कोरोना कै कारणले आफै मालिक बनेर स्वरोजगार बनेका छन् ।

    Advertisement

    झापाको बिर्तामोड, अर्जुनधारा लगायतका क्षेत्रमा रहेका प्राध्यापक, शिक्षक, कर्मचारी, सिए, मझौला व्यवसायमा आवद्ध व्यक्तीहरुको उपस्थिती कृषि क्षेत्रमा देखिएको छ ।

    Advertisement

    शिक्षित वर्ग कृषि पेशामा लाग्दा कृषि क्षेत्र र उत्पादनमा पनि उल्लेखनिय उपलब्धी हुने सोच बनाएर प्राध्यापकहरु केशव ढुंगाना , जीवन रिजाल, शिक्षकहरु रुका ढुंगाना , टिका ढकाल, कर्मचारी इन्द्रजीत नेपाल, व्यापारीहरु नारायनी निरौला, मधुसुधन रिजाल, राधीका कोईराला, मोहनप्रसाद रिजाल त्यसैगरी कृषि पेशमै रहेकी निर्मला नेपाल र चार्टरएकाउण्ट ९सिए० प्रगती रिजाल मिलेर झापाको अर्जुनधारा–१०, श्रीराम चोकमा पूर्ण वहुआयमिक कृषि उद्योग प्रा.लि. सञ्चालनमा ल्याएका छन् ।

    दुई विघाह क्षेत्रफलमा सुरु गरिएको कृषि परियोजनामा हाल ३० वटा ठुला टनेलमा च्याउ खेती गरिएको छ । त्यसैगरी सुरुवाती चरणमा ड्रागन फुट खेती, अग्र्यानिक तरकारी र गडेउला मल प्रसोधन जस्ता काम सुरु गरिएको छ ।

    धोरै लगानी गरेर साझेदारी (सामुहिक) योजनामा पनि राम्रै आयआर्जन गर्न सकिने अवस्थालाई बुझेर ११ जना शेयरधनीहरुले जनही दुईलाखका दरले लगानी गरेका छन् । आगामी योजना अनुसार लगानी बढाउदै जाने सोच रहेको संचालक सदस्य मधुसुधन रिजालले बताउनुभएको छ ।

    गत ६ महिना अघि जमिन व्यवास्थापन र पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो । सुरुवातीको छोटो समयमै कृषि उद्योगले राम्रो प्रतिफल दिन थालेको संचालक सदस्य राधीका कोईरालाले बताउनुुभयो ।

    अनौपचारिक रुपमा संचालनमा ल्याईएको पूर्व वहुआयमिक कृषि उद्योगको विधिवत उद्घाटन गरिएको छ ।
    कृषि उद्योगका अध्यक्ष मोहनप्रसाद रिजालको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरीकुमार रानाले कृषि उद्योगको उद्घाटन गर्नुभएको थियो ।

     

    कार्यक्रममा प्रमुख अतिथि राना, अर्जुनधारा–१० का वडाध्यक्ष भोला गौतम, कृषि अर्थ विज्ञ शालिकराम भट्टराई, पशु पन्छी विभागका पूर्व महानिर्देशक डाक्टर प्रलाद सापकोटा लगायतले कृषि पेशा र आवश्यकताको बारेमा धारणा राख्नुभएको थियो ।

    कृषि उद्योगका सचिव केशव ढुङगानाले औचित्यमाथी प्रकास पार्नुभएको कार्यक्रममा स्वागत टीकादेवी रिजालले गर्नुभएको थियो भने सञ्चालन संयोजक जीवन रिजालले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.