• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नारी संचार गृहलाई महिला उद्यमी संघद्धारा सहयोग हस्तान्तरण


  •    संवाददाता/ सोमबार, फागुन २४, २०७७  

  • विर्तामोड । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला उद्यमी संघ नेपालले श्रमजीवि महिला पत्रकारहरुको छाता संगठन नारी संचार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि सहयोग प्रदान गरेको छ ।

    विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उद्यमी महिलाहरुको संस्थाले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम सहितको टोलीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, संस्थाका अध्यक्ष नैनकला भट्टराई लगायत उद्यमीको टोलीले १० हजार एकसय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।

    Advertisement

    यसैबीच श्रमलाई उद्यममार्फत पैसामा जोड्न प्रयास गर्ने महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपालले दुईजना महिलाहरुलाई सम्मान गर्नुका साथै श्रम गर्ने उपकरण समेत प्रदान गरेका छन् ।

    यसरी सम्मानित हुनेहरुमा विगत २५ वर्षदेखि सडक पेटीमा मकै पोलेर विक्री गर्दै आएकी जोस्ना उराउ र फ्रेस हाउस सञ्चालक कविता बास्तोला रहेका छन् ।

    महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका उपप्रमुख प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, एवीसी नेपालका प्रदेश सदस्य कञ्चना ढकाल लगायतले शुभकामना राख्नु भएको थियो ।

    महिला उद्यमी संघ नेपाल झापाका महासचिव शर्मिला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष यशोदा चापागाँई र कार्यक्रमको औचित्य माथि महिला उद्यमी संघ नेपालका प्रदेश संयोजक गोमा भट्टराईले प्रकाश पार्नु भएको थियो ।

    सोही अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश–१ सदस्य तीर्थ सिग्देलले पनि पूर्व घोषित ५ हजार रुपैयाँ अक्षयकोषका लागि हस्तान्तरण गर्नुभएको छ । सिग्देलले आफूले लेखेका पुस्तक विक्रीबाट प्राप्त रकम मध्ये केही रकम नारी संचार गृहको अक्षयकोषमा प्रदान गरेको बताउनु भएको थियो ।

    यसैबीच साविक बाहुनडाँगी गाविसका अध्यक्ष तथा समाजसेवी बाहुनडाँगी निवासी निलकण्ठ तिवारीले पनि नारी सञ्चार गृहको अक्षयकोषका लागि रकम प्रदान गर्नुभएको छ ।

    तिवारीले सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीलाई नगद पाँच हजार एकसय रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.