राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कारागार जान लागेको बताएका छन् ।
शनिबार एक भिडियो सन्देशमार्फत उनले यसबारे जानकारी गराएका हुन् ।
“नमस्कार । म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेसा संवादमा छु । जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन,” उनले भनेका छन्, “आज म आफ्ना बारेमा सफाइ दिनभन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्त्वपूर्ण कुरा बताउन गइरहेको छु । संयोगले आज मेरो जन्मदिन परेछ । र म आफूलाई जन्मदिनको उपहारस्वरूप फेरि कारागारमा पठाउँदै छु ।”
Advertisement
जेनजीको प्रदर्शनका क्रममा यही भदौ २४ गते नक्खु कारागारबाट निस्किएपछि उनको चौतर्फी आलोचना गरिएको थियो ।







