शीतल निवासमा प्रतिनिधिसभा विघटन गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ ।
आन्दोलनरत जेनजी युवाहरूको मागअनुरूप सुरूमै संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनले आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको शपथ ग्रहण गराइने बताए ।
Advertisement







