नेपालकै पुरानो ख्याती प्राप्त सोल्टी होटेलको सहकार्य र बिगत २० बर्षदेखी शैक्षिक अध्यापन क्षेत्रको अगुवा गेट कलेजले बिर्तामोडका विद्यार्थीलाई एक दिने अध्यापन सम्बन्धि प्रवर्द्धन कार्यशाला झापा बिर्तामोडमा सम्पन्न भएको छ ।
सोल्टी होटलका नेपाल तथा विदेशमा गरी हाल १२ वटा होटलहरू सञ्चालनमा रहेका छन् । सोल्टीको नेपाल र जर्मनीमा कार्यगत प्रशिक्षण तथा प्रत्यक्ष रोजगारको अवसरसहित ब्याचलरमा अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट, ब्याचलर इन प्रोफेस्नर हस्पिटालिटी र कुकिङतर्फ लेभल तीन को (टेफ) कार्यक्रम समेत भएको बताइएको छ।
गेट कलेज काठमाडौंका सस्थापक प्रवन्धक खेम लकाई, सोल्टी होटल्सका लर्निङ एन्ड डेभलपमेन्ट अफिसर रुपेश श्रेष्ठ, आदर्श होटल अफ म्यानेजमेन्ट कलेजका सन्जोग खरेल, बिबेक नेपाल लगायतको उपस्थितिमा झापाका एकसय भन्दाबढी विद्यार्थी अभिमुखिकरणमा सहभागी रहेका थिए ।
विद्यार्थीलाई सोल्टीको प्रवर्द्धनबाट विद्यार्थीको देशमै वा देश बाहिर कमाउदै सिक्दै कार्यक्रम, रोजगारीका कार्यक्रम बारे समेत जानकारी दिइएको थियो। बर्तमान परिप्रेक्षमा होटल व्यवस्थापन संकायमा विद्यार्थीको आर्कषण बढ्दो रहेको कार्यक्रम आदर्श कलेजका विद्यार्थी भर्ना प्रमुख दीपक दासले जानकारी दिए।







