हरितालिका तीजको दिन आज सुनको भाउ बढेको छ ।
सुनको भाउ १ हजार ५ सय रुपैयाँ बढेर १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन भाउ तोलाको १ लाख ९७ हजार २ सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement







