निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले आजबाट निर्णायक आन्दोलनका कार्यक्रम सुरु गरेका छन् ।
विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेसँगै शुक्रबार देशैभरका स्कूल बसहरूले आ-आफ्ना स्थानीय तहमा स्कुल बसहरु सडकमा उत्तारेर नगर परिक्रमा गरेका हुन् ।
यसैबीच प्याब्सन र एनप्याब्सन आबद्ध बिर्तामोड नगरभित्रका निजी विद्यालयहरुले केन्द्रिय समितिको निर्णयमा एक्यवद्धता जनाउँदै स्कूल बसहरूलेनगर परिक्रमा गरेका छन् ।
विराटपोखरबाट सुरु भएर २०० भन्दा बढी स्कुल बसहरुले मुक्ति चोक हुँदै चारपानेसम्म पुगेर आन्दोलन सुरु गरेका हुन् ।
उक्त अवसरमा हिसान झापाका उपाध्यक्ष उत्तम खनाल, एनप्याब्सन झापाका उपाध्यक्ष मोहन आचार्य, बिर्तामोड नगर प्याब्सनका कोषाध्यक्ष प्रमिला बजगाईं लगायतले आ-आफ्ना धारणा राखेको कोणसभाको सञ्चालन जिल्ला प्याब्सन झापाका सदस्य देवेन्द्र हुमागाईंले गरेका थिए ।







