झापा । ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा आगलागी भएको छ ।
मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा विहान ९ बजेदेखि आगलागी हुँदा ४५ ओटा घर पुर्णरुपमा जलेर नष्ट भईसकेको पत्रकार माला पालुङवाले हामीलाई जानकारी दिनुभएको छ ।
आगलागीको सुरुवात भोलानाथ पौडेलको घरबाट भएको हो ।
Advertisement
हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आई एम ई बैंक सहित ४५ ओटा घर पुर्णरुपमा जलेर नष्ट भईसकेको छ ।
आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काउने क्रम जारी रहेको छ ।
आगो नियन्त्रण प्रयास भईरहे पनि अहिलेनै नियन्त्रणमा आउने सम्भावना नरहेको पालुङवाले बिताउनुभयो ।







