२६ साउन, बिर्तामोड । नयाँ फिल्म ‘सुस्केरा’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । दुई थिम पोस्टरमध्ये एकमा पीडित बालबालिका देखिन्छन् भने अर्को पोस्टरमा आशाका साथ उभिएका बच्चाहरू छन् ,जसले फिल्मको गहिरो सन्देश दर्शाउँछ ।
फिल्म मणिलिङ्गेश्वर फिल्म्स र कर्मविर मल्टिपर्पोज इन्भेष्टमेन्ट प्रा.लि. को संयुक्त निर्माणमा तयार हुँदैछ। यसमा ममता रायमाझी प्रमुख प्रस्तोता हुन् भने, नवराज अधिकारी र डा. ओमकृष्ण प्रसाइँ निर्माता रहेका छन्। फिल्मको कथा, पटकथा र निर्देशन शंकर अधिकारी ‘घायल’ ले गरेका छन्।
कलाकारहरूमा गीत अधिकारी, दिनेश कोइराला, नेहा देव, डा. ओमकृष्ण प्रसाइँ, नवराज अधिकारी, मौसमी कार्की, तथा बालकलाकार शुभम अधिकारी र हार्दिक पौडेल र नायरा प्रसाइ रहेका छन् । फिल्मको छायांकन रविन्द्र बराल, कोरियोग्राफी राजन महर्जन, मेकअप मदन न्यौपाने, र सम्पादन राजेश कुमार को रहनेछ ।
निर्देशक अधिकारीका अनुसार, फिल्मको छायांकन आगामी भदौको दोस्रो हप्ताबाट काठमाडौँ उपत्यका र वरपरका स्थानहरूमा सुरु हुने तयारीमा छ ।

हार्दिक पौडेल र सुभम अधिकारी दुवै जना दमक झापाका बाल कलाकारहरु हुन् । दुवै जना थिएटर सिकिरहेका छन् र भविष्य मा कला क्षेत्रमा नै लाग्ने उद्देश्य लिएर अघि बढिरहेका छन् । उनिहरु दुवै जना ले अभिनय गरेको चलचित्र सोल्टिनी भने प्रदर्शन को तयारी मा छ ।







