• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका स्मयन ‘द भ्वाईस किड्स’को फाइनल राउण्डमा, भोट गरेर विजेता बनाइदिन सबैमा अपिल


  •    संवाददाता/ सोमबार, साउन २०, २०८२  

  • ‘द भ्वाईस किड्स सिजन-४’ को फाइनल राउण्डमा प्रवेश गरेका झापा बिर्तामोडका स्मयन बजगाँईलाई विजयी गराउन अपिल गरिएको छ ।

    हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको गायन रियालिटी सो को अन्तिम राण्डमा रहेका उनलाई खल्ती एपमार्फत भोट गर्दै ‘द भ्वाईस किड्स सिजन-४’ को विजेता बनाउन बजगाँई परिवारले अपिल गरेको हो ।

    Advertisement

    बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्मयनका हजुरबुवा कृष्णप्रसाद बजगाँईले आगामी शुक्रवार र शनिवार फाइनल प्रतियोगिता हुने र गायनसँगै भोटकै आधारमा विजेता घोषणा गरिने भएकाले उनलाई भोट गर्न आग्रह गरेका हुन् ।

    Advertisement

    स्मयनलाई विजय गराउन भोटको आवश्यक पर्ने भएकाले उनलाई भोट गर्न सप्तक संगीतालय बिर्तामोडकी सञ्चालक आकृति खतिवडाले आग्रह गरेकी छिन् । स्मयन गायकीमा अब्बल रहेको बताउँदै खतिवडाले स्मयनलाई कार्यक्रमको नियम अनुसार भोट दिएर जिताइदिन आग्रह गरिन् ।

    बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले स्मयन बिर्तामोडकै उज्ज्वल नक्षत्र भएकाले बढीभन्दा बढी भोट गरिदिन आग्रह गरे । उनले बिर्तामोडका व्यवसायी मनोज बजगाँईका छोरा समेत भएकाले उनलाई जिताउन सबै व्यवसायीलाई भोट गर्न आग्रह गरेका छन् ।

    बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य तथा काका वीपिन बजगाँईले स्मयनले सानै उमेरमा गायन क्षेत्रमा राम्रो गरेको भन्दै उनलाई थप सफलताका लागि भोट गर्दै विजेता बनाउन आग्रह गरेका छन् । बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमीका विद्यार्थी रहेकाले विद्यार्थी तथा न्यूटन्स परिवारलाई स्मयनलाई भोट गर्न आग्रह गरेका छन् ।

    पत्रकार सम्मेलनमा श्रीकृष्ण प्रणामी सेवा समिति कोशी प्रदेश सदस्य अनिल ढुङ्गाना, श्री कृष्ण प्रणामी युवा परिषद केन्द्रीय उप-महासचिव तथा प्रणामी व्यवसायी संघ झापाका अध्यक्ष टहलदास ओली, देवचन्द्र सदन युवा परिषद् बिर्तामोडका अध्यक्ष दिनेश भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य डिल्लीराम कोईराला, केदार खनाललगायतले उनले जतिसक्दो धेरै भन्दा धेरै भोट गरेर जिताउन आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.