• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका व्यवसायी चुनावी दौडमा स् मतदाता भन्छन्, ‘नयाँ अनुहार अबको विकल्प हुनसक्छ’


  •    संवाददाता/ शुक्रबार, फागुन १४, २०७७  

  • बिर्तामोड– बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १६ मा हुने निर्वाचनका लागि उमेद्वार मत माग्दै हिँडिरहेका छन् । आफ्नो प्यानललाई जिताउन अपिल गर्दै उनीहरुले व्यवसायीलाई आफ्नो बाचा र प्रतिवद्धता पनि सुनाइरहेका छन् ।

    संयुक्त व्यवसायिक प्यानलका तर्फबाट सुवास भट्टराईको नेतृत्वमा व्यवसायीको टोली मत माग्दै हिँडिरहेको छ । लोकतान्त्रिक प्यानलका तर्फबाट प्रकाश सिवाकोटी नेतृत्वको टोली चुनावी प्रचार अभियानमा छ ।

    Advertisement

    संघमा निर्वाचित अध्यक्षलाई बिर्तामोड नगरपालिकाको भावी प्रमुख उपप्रमुखका रुपमा पनि हेर्ने गरिएकाले यसमा मतदाताको चासो बढी देखिएको छ ।

    Advertisement

    ‘इमान्दार र व्यवसायीका पीरमर्का बुझ्ने खालको नेतृत्व अबको आवश्यकता हो’, व्यवसायी मीना श्रेष्ठले भनिन्, ‘प्रकाश दाई संघमा बसेको धेरै भयो । यसपटक सुवास दाईलाई जिताउनु पर्छ भनेर साथीहरुलाई भनिरहेकी छु ।’

    आफूलाई पार्टी भन्दा पनि स्वतन्त्र बताउने व्यवसायी श्रेष्ठले अनेक चुनौतिका बीच संघका वर्तमान अध्यक्ष कुमार भट्टराईको कार्यकाल सफल र परिणाममुखी भएको बताइन् ।

    ‘कुमार दाईको पालामा वाणिज्य संघले बिर्तामोडमा ठूलो व्यापार मेला गरेको छ, उनले भनिन् । संघको उक्त व्यापार मेलाका संयोजक चाहिँ अध्यक्षका आकांक्षी प्रकाश सिवाकोटी थिए ।

    व्यवसायी श्रेष्ठ मात्रै होइन, अरु धेरै सर्वसाधारण मतदाताका नजरमा तुलनात्मकरुपमा अध्यक्षका दुई प्रत्यासी सुवास र प्रकाश अलग–अलग पृष्ठभूमि, स्वभाव र व्यवसायिक आचरणका छन् । मतदाताले औँल्याएका केही तर्क यस्ता छन् ।

    – प्रकाश व्यवसायिक क्षेत्रमा राम्रो सम्भावना बोकेका व्यवसायी हुन् । तर, नेतृत्वमा उनको अहिलेसम्मको प्रस्तुति औपचारिकतामा मात्रै सीमित छ ।

    – प्रकाश लामो समयदेखि वाणिज्य संघको कार्य समितिमा छन् । तर, उनको आफ्नो कुनै भिजन छैन । प्रकाश सधैँ अरुको भिजनमा मात्रै चल्छन् । सधैँ रचनात्मकताको खाँचो छ प्रकाशमा ।

    – सधैँ व्यवसायीका बीच देखिने सुवास अरुको भन्दा आफ्नो योजनामा चल्छन् । आफैँ योजना बनाउँछन् र कार्यान्वयनमा लैजान सरोकारवाला सबैलाई एकत्रित गर्छन् । सुवासको समन्वय शैली राम्रो छ ।

    – सभा समारोहमा आफ्नो धारणा राख्दा प्रकाशलाई सधैँ सकस हुन्छ । उनी सधैँ लिखित भाषण मात्रै पढेर सुनाउँछन् । शब्द चयन र समयलाई ख्याल गर्दैनन् ।

    – सुवासलाई मञ्चमा बोल्न लिखित भाषणको सहारा लिनु पर्दैन । व्यवसायिक तर्क र क्षमताका आधारमा उनी मञ्चमा प्रस्तुत हुन्छन् । आफ्नो धारणा राख्छन् र अरुलाई ‘कन्भिन्स’ गर्ने प्रयत्न गर्छन् ।

    – प्रकाश हक्की र फुर्के स्वभावका छन् । छिट्टै आवेशमा आउने प्रकाशको कार्यशैली पटक–पटक विवादको घेरामा छ । असहमति राख्नेसँग प्रकाश खरोरुपमा उत्रिन्छन् । उनको स्वभावले उनलाई सधैँ हानी गरेको छ । हारको कारण उनको स्वभाव बन्न सक्छ ।

    – तुलनात्मक शालिनता सुवासमा बढी छ । उनी शिष्ट ढंगले आफ्नो तर्क राख्छन् । सुवासको नरिसाउने स्वभाव व्यवसायीका बीच लोकप्रिय छ । आफूसँग असहमति राख्नेलाई तर्कले प्रभावित गर्न सक्ने क्षमता सुवासमा छ ।

    – कतिपय मुद्दा मामिला र विवादले प्रकाशलाई अफ्ठयारो पनि पारेको छ । सुवास विवादको घेराबाट सधैँ मुक्त छन् । उनी समग्र व्यवसायीको हितलाई सर्वोपरी ठान्छन् ।

    – प्रकाश बिर्तामोडका साना र मझौला व्यवसायीको सम्पर्कबाट सधैँ टाढा छन् । उनी साना व्यवसायीलाई गन्दैनन् । ठूला व्यवसायीलाई मात्रै व्यवसायी ठान्छन् । सानाहरुको हित र व्यवसायिक पक्षमा कम बोल्छन् ।

    – सुवास साना ठूला सबै व्यवसायीको पहुँचमा छन् । सानाको संरक्षणमा पनि उनी सधैँ सक्रिय हुन्छन् । ठूला व्यवसायीको साथ, सल्लाह र समर्थन सधैँ लिने प्रयत्न गर्छन् । बिर्तामोडमा व्यवसायिक क्षेत्रबाट गरिने सबै प्रकारका काममा सुवासको समन्वय र सक्रियता देखिन्छन् ।

    – कोरोना संक्रमण र यसबाट उत्पन्न परिस्थितिमा बजार बन्दलाई मात्रै समाधानको उपाय ठान्ने स्थानीय तह र प्रशासनको कार्यशैलीविरुद्ध सुवास विरोधमा उत्रिरहँदा प्रकाश चुँ सम्म बोलेनन् । प्रशासन रिसाउला भन्ने डरमा बसे प्रकाश ।

    –बिर्तामोडमा सीसी क्यामेरा जोड्ने अभियानमा सुवासको भूमिका नेतृत्वदायी थियो । उनी व्यवसायिक सुरक्षाका लागि प्रविधिमा पहुँच बढाउन चाहन्छन् । बिर्तामोडमा रात्रिकालिन बजारको खाँचो छ भन्ने ठान्छन् ।

    –बिर्तामोडबाट निस्कने फोहोरबाट ग्यास निकाल्ने अभियानको एउटा नेतृत्वकर्ता हुन् सुवास । उनी लगायतको अग्रसरतामा झापाको कनकाई नगरपालिकामा बायो ग्यास प्लान्ट निर्माण भइरहेको छ ।

    –बिर्तामोडमा व्यवसायिक क्षेत्रले गति लिनुमा सहकारी संस्थाहरुको पनि योगदान छ । सहकारी अभियानमा जोडिएका सुवासले धेरैलाई सहकारीको माध्यमबाट व्यवसायिक क्षेत्रमा स्थापित हुन सहयोग गरेका छन् । उनी सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।

    नेपालको कृषिजन्य उत्पादन अलैँचीको निर्यात प्रवद्र्धनमा सक्रिय सुवास अलैँची व्यवसायी महासंघको महासचिव छन् । सामाजिक अभियान र व्यवसायिक विभिन्न संस्थामा सक्रिय उनी अनुभवी व्यवसायी हुन् ।

    विवेचनाबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.