• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निदि माविका विद्यार्थी `मेरो डान्स युनिभर्स’ को फाइनलमा सहभागि हुन काठमाडौँ प्रस्थान


  •    संवाददाता/ मङ्गलबार, साउन १४, २०८२  

  • इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना हुँदै आएको राष्ट्रियस्तरको ‘मेरो डान्स युनिभर्स’को दोस्रो  प्रतियोगिताको बिर्तामोड अडिसनमा सफल भएको बिर्तामोड-२ स्थित निदि माध्यमिक विद्यालयका विद्यार्थी फाइनल राउण्डमा सहभागि हुन काठमाडौँ प्रस्थान गरेका छन् । 

    फाइनल चरणका लागि कक्षा ११ र १२ मा अध्ययनरत ३४ जना विद्यार्थीहरू आज काठमाडौँ प्रस्थान गरेका हुन् । उनीहरुलाई एक कार्यक्रमकाबीच विद्यालयले बिदाई गरेको छ । 

    Advertisement

    बिदाई भएर गएका विद्यार्थीहरूको समुहले  प्रतियोगिताको सामूहिक लोक नृत्यतर्फ प्रतिस्पर्धा गर्नेछ । उनीहरूले राजवंशी-कोच समुदायको मौलिक लोकनृत्य ‘ढोल साहेना’ प्रस्तुत गर्ने छन्, जसले पूर्वी तराईको भाषिक, सांस्कृतिक र जातीय विविधतालाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने विश्वास गरिएको छ ।

    Advertisement

    प्रतियोगितामा देशभरिबाट ३२ वटा समूहले सहभागिता जनाउँदै छन् । तीमध्ये झापाबाट प्रतिनिधित्व गर्दै फाइनल चरणसम्म पुग्न सफल भएको समूह निदि मावि हो । यसअघि टोलीले बिर्तामोड अडिसनमा उत्कृष्ट प्रदर्शन गर्दै निदिका विद्यार्थी छनोट भएका हुन् । 

    कार्यक्रमलाई सम्बोधन गर्दै निदि क्यामपसका प्रिन्सिपल रन्जित शाहले विद्यार्थीलाई जितको शुभकामना दिंदै विद्यालयमा पढाईका अलवा विद्यार्थीको क्षमता अभिबृद्धिका लागि बिभिन्न अतिरिक्त क्रियाकलाप गराउँदै आएको बताए । उनले विद्यार्थीले उत्कृष्ट प्रस्तुति दिएर अगाडि बढेको खण्डमा अझ विद्यालयले साथ र सहयोग गर्ने बताएका छन् ।  

    राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका नृत्य प्रशिक्षक एलसी श्रेष्ठले विद्यार्थीलाई शुभकामनासहित खादा, माला लगाएर बिदाई गरेका थिए । 

    उनीहरुले विद्यार्थीले प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लामा बस्दै आएका राजवंशी समुदायको संस्कृति झल्कने नृत्य प्रस्तुत गर्न पाउनु सबैका लागि खुसीको कुरा भएको बताए । 

    ´मेरो डान्स युनिभर्स’ सिजन २ मा काठमाडौँमा हुँदैछ, जहाँ सहभागी टोलीहरूले विभिन्न लोक, आधुनिक र सांस्कृतिक नृत्यमार्फत प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा निर्णायकहरूले नृत्य कला, प्रस्तुति शैली, संस्कृति झल्काउने क्षमता र अनुशासनलाई मूल्यांकनका आधारमा छनोट गर्ने आयोजकले जनाएको छ ।
    प्रतियोगिताको सामूहिक लोक नृत्य विधामा विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

    पहिलो पुरस्कार २५ लाख रुपैयाँ, दोस्रो पुरस्कार १० लाख रुपैयाँ, तेस्रो पुरस्कार ५ लाख रुपैयाँ प्रदान गरिने ‘मेरो डान्स युनिभर्स’को दोस्रो  प्रतियोगिताको बिर्तामोड संयोजक उज्वल दाहालले बताए । 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.