१३ फागुन, बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनको मिति केही दिन मात्र वाँकि रहँदा धेरैजसो उम्मेद्वारले सामुहिकसहित व्यक्तिगतरुपमा पनि मतदातासँग भेटवार्ता बढाएका छन् । १६ गते हुने संघको निर्वाचनका लागि सुवास भट्टराईको नेतृत्वमा रहेको संयुक्त व्यवसायिक प्यानलका उम्मेद्वारले व्यक्तिगत रुपमा व्यवसायीसँग भोट माग्न थालेका हुन् । संघमा धेरै मतदाताले नयाँ नेतृत्वको खाँचो भएको बताउँदै संयुक्त व्यवसायी प्यानललाई मतदान गर्ने बताएको प्रकाश बुढाथोकीले बताए ।
निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेद्वारले प्रचारप्रसारलाई तिब्र पारेको महासचिवका उम्मेद्वार अर्जुन मैनालीले जानकारी दिए । विभिन्न २७ बुँदे प्रतिवद्धता सार्वजनिक गरिसकेको प्यानलले सवै व्यवसायीलाई मतदान गरेर प्यानलैलाई विजयी गराउन अनुरोध समेत गरेको छ । अध्यक्षका उम्मेद्वार भट्टराईले आफ्नो प्यानलको पल्ला भारी रहेको बताउँदै जीत सुनिश्चित भएको बताए ।







