झापाको भद्रपुर नगरपालिकाले १४ जनालाई छात्रवृत्ति प्रदान गरेको छ ।
भद्रपुर-७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्ययनरत कक्षा-११ का १२ जना छात्रालाई जनही १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो ।
नगरले प्रदान गरेको छात्रवृत्तिले उनीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग मिल्ने नगरप्रमुख गणेश पोखरेलले विश्वास व्यक्त गरेका छन् ।
Advertisement
नगरपालिकाले १४ जना छात्रालाई १ लाख ६८ हजार छात्रवृत्ति बापत वितरण गरेको हो ।







