• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेची अस्पतालमा २५ शय्याको उच्च निर्भरता इकाई सेवा विस्तार


  •    संवाददाता/ सोमबार, फागुन १०, २०७७  

  • झापा । कोरोना भाइरसको त्रासपछि बिरामीको सेवा सुविधालाई मध्यनजर मेची अञ्चल अस्पताल भद्रपुरले उच्च निर्भरता इकाई (हाई डिपेनडेन्सी युनिट) को सेवा विस्तार गरेको छ ।

    यसअघि बिरामीका लागि राखिएको जर्नल बेडलाइ परिवर्तन गरी मेची अस्पतालले उच्च निर्भरता इकाई सेवाको विस्तार गरेको हो ।

    Advertisement

    सो सेवाको सोमबार बिहान एक कार्यक्रमका बिच प्रदेश १ का आन्तरिक मामिला तथा सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको हो ।

    Advertisement

    उद्घाटन कार्यक्रम बोल्दै मन्त्री कार्कीले मानव जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रको विषयमा प्रदेश र सङ्घीय दुवै सरकार गम्भीर रहेको बताउनुभयो ।

    मेची अस्पतालको सुधारोन्मुखतर्फ प्रदेश सरकार लागि परेको बताउँदै उहाँले भन्नुभयो, ‘अहिले स्थापना गरिएको २५ शय्याको उच्च निर्भरता इकाईलाई महिनादिन भित्रै दुई सय शय्याको बनाउने छु ।’

    मेचीमा २५ शय्याको उच्च निर्भरता इकाई सेवा स्थापनाका लागि प्रदेश १ का सामाजिक विकास मन्त्रालयले एक करोड ८४ लाख ४ हजार ३९ रुपैयाँ बजेट विनियोजन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिनुभयो ।

    सोही बजेटबाट उच्च निर्भरता इकाई स्थापनाका लागि आवश्यक औषधिजन्य सामग्री र उपकरण खरिद गरी सेवा विस्तार गरेको डा. ठाकुरले बताउनुभयो । पहिला अस्पतालमा चार बेडको आइसियु र दुई बेडको भेन्टिलेटर थियो र जर्नल वार्डमा सामान्य बेड राखिएको थियो ।

    अहिले उच्च निर्भरता इकाई स्थापना भएसँगै भेन्टिलेटरमा राख्नु पर्ने सामान्य बिरामीलाई उच्च निर्भरता इकाई राखेर उपचार गराउन मिल्छ, यसका लागि प्रत्येक बेडमा आवश्यक उपकरण जडान गरिएको उहाँले बताउनुभयो । यो सेवाले गरिब तथा विपन्न समुदायलाई बढी राहत मिल्ने उहाँको भनाई छ ।

    अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरू वसन्त बानियाँ, श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, ओमप्रकाश सरावगी लगायतले मेची अस्पताल प्रदेशकै नमुना अस्पताल बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.