बुद्धशान्ति साप्ताहिक र ट्राफिक प्रहरी पोस्ट बुधबारेको आयोजनामा अन्तर विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
बौद्धिक विकास र ट्राफिक सचेतना अभिवृद्धिको उद्देश्यका साथ मंगलबार बुधबारेस्थित बुद्धआदर्श माविको सभाहलमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।
बुद्धशान्ति साप्ताहिकका सम्पादक रोशन भट्टराईको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल रहेका थिए ।
विद्यार्थीमा सिर्जनात्मकता, अभिव्यक्ति क्षमता र ट्राफिक सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएकोे प्रतियोगितामा बुधबारे क्षेत्रका निजी तथा सामुदायिक गरी १० वटा विद्यालयका १९ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रतियोगिताको नतिजा केही दिनमै औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।
सम्पादक भट्टराईले स्वागत मन्तव्यसहित प्रतियोगिताको उद्देश्य र औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन ट्राफिक प्रहरी पोष्ट बुधबारेका इन्चार्ज सेमन्त अधिकारीले गरेका थिए ।







