झापाको कमल गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम“ गरिएको छ ।
गाउँपालिकामा मंगलबार आयोजित एक कार्यक्रमका बीच कमल गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम“ गरिएको थियो ।
गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षता र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशब कुमार ढकाल, वडा अध्यक्ष लगायत जनप्रतिनिधी, स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम“ गरिएको हो ।
घोषणा कार्यक्रममा कमल गाउँपालिकाभित्रका सबै बालबालिकाले नियमित खोप पूरा पाएको सुनिश्चित गरिएको थियो भने आगामी दिनमा पालिकाले खोपको निरन्तरता र दिगोपनामा ध्यान दिने प्रतिबद्धतामा हस्ताक्षर समेत गरिएको थियो ।
उक्त अवसरमा खोप योगदान दिने सबै स्वास्थ्य संस्थाहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
पालिका अध्यक्ष राई, उपाध्यक्ष तिवारी, प्रमुख प्रशासकीय अधिकृत ढकाल र वडाध्यक्ष अग्नि प्रसाद कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्दै पालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम“ सम्म ल्याउनका लागी गरेको सहयोगका लागी सबैलाई बधाई र धन्यवाद दिए ।
कार्यक्रमको पृष्ठभूमि विवरण र स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख बिमल थापाले गरेको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठले गरेका थिए ।







