झापाका एक व्यक्तिलाई कोरोना संक्रमण भएको पाइएको छ ।
बिर्तामोड नगरपालिका-५ की एक महिलामा कोरोना भाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको हो ।
बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा गरिएको परीक्षणका क्रममा ती महिलाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य स्रोतले जानकारी दिएको छ ।
Advertisement
प्रहरी स्रोतका अनुसार संक्रमित महिला घरमै सुरक्षित तरिकाले आइसोलेसनमा बसेकी छिन् । हालसम्म हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
योसँगै बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले बिर्तामोडमा कोभिडको संक्रमण पुन: देखिएपछि सचेतना अपनाउन आग्रह गरेको छ ।







